×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लगानीको हिसाव ‘क्यालकुलेटर’मामात्र सिमित होला है ! बजार जोखिम बिन्दुमै पुगेको हो !

  • सुहिल भुषाल 
आ-आफ्नै तर्क गर्नु वा आ-आफ्नै विश्लेषण गर्नु आफ्नो ठाउँमा छ, तर बजार एउटा सत्यमा छ र त्यो सत्य आखिर सत्य नै रहन्छ । यसलाई बंग्याउने प्रयास जति भएपनि बजारको जुन लय छ, त्यो कसैले गलत विश्लेषण गर्दैमा बंगिने होइन । सेयरबजारका केहि पण्डित भनाउदाहरुले अनावश्यक कुराहरुलाई प्राथमिकता दिएर खोक्रो विश्लेषण गरिरहेका छन् । 
अझ बजारमा केहि यस्ता पत्रकारीताको बिल्ला भिरेका महासयहरु छन्, जसले विगत ९ महिनादेखि बजार बढ्छ भन्दै आए र अझै ३ महिना बजार बढ्छ भनेरै १२ महिना अर्थात पुरै (१ बर्ष) विताउनेवाला छन । ‘आँ’ गर्दा अलंकार बुझ्ने हाम्रा लगानीकर्ता साथीहरुलाई यहाँभन्दा बढी भनीरहनु पर्दैन । सेयर बजारको नियम बुझ्न नसक्ने हो भने लगानीको हिसाव ‘क्यालकुलेटर’मा मात्र सिमित हुनेछ । 
बर्षभरि बजार बढ्दैन र घट्दैनपनि । देशमा राजनितिक अन्यैलता कायमै छ । स्थानीय निकायको चुनावका बारेमा राजनितिक दलहरुविच मतभेत कायमै छ । निर्वाचन १० दिनपछि सार्न काँग्रेसलाई जिल्ला सभापतिहरु दवाव दिईरहेको खबरहरु सार्वजनिक भएका छन् । चुनावको मुखमा एमाले अध्यक्ष उपचार भन्दै बैंकततर्फ लागेका छन् । प्रधानमन्त्री आफैले चुनाव दुई चरणमा गर्ने प्रस्ताव राख्ने गरेका छन् । मधेशी मोर्चा संविधान संशोधन नभए अन्तीम लडाई लढ्छौ भन्दैछन् । जेष्ठ १५ भित्र बजेट ल्याउनुछ । बजेट कुन सरकारले ल्याउँछ र कस्तो आउछ भन्न सकिने अवस्था छैन । 
अझ ठूला लगानीकर्ताहरुले बजार उचालेर नाफा ‘बुक’ गरीसकेका छन । ९ महिना लगातार घटेको बजार ९ दिनमै पुरानो मुल्यमा पुगिसक्यो । अरु धेरै कुराहरु लगानीकर्ताले बुझ्नुपर्छ । राइट र बोनसको आजको अस्थिति बुझ्नुपर्छ । र मनन गर्नुपर्छ आजको लगानीको वातावरण, सम्भावित नाफा वा घाटा र बजारको समग्र स्थिति ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: