×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

तलब आएको ५ दिनमै पैसा सकिन्छ ? त्यसो भए पढ्नुहोस् तलव बचाउन ५ टिप्स

महिनाभर काम गरेर पाएको तलव केहि दिनमै सक्किने समस्या धेरैको छ । जति नै कमाएपनि पैसा नै नबच्ने समस्या धेरैको लागि टाउको दुखाइको कुरा बनिसकेको छ । ‘तलव आएपछि यसो गर्यो उसो गर्यो, पैसा सकीहाल्छ ।’ धेरैलाई हुने समस्या हो यो । तपाईंलाइ पनि यसो समस्या छ भने तलका टिप्स तपाईंलाई सहयोगी बन्न सक्छ : 
१. खर्चमा कटौती गर्नुहोस् । कहाँ बढी नचाहिने खर्च भएको पहिचान गर्नुहोस् । र त्यसको विकल्प खोज्नुहोस् ।
२. बजेट नबनाई अन्धाधुन्द खर्च हुँदा पनि तलव चाँडो सकिन्छ । त्यसैले बजेट बनाउने गर्नुहोस् । सकेसम्म केहि रकम बचत गर्ने बानी बसाल्नुहोस् ।
३. अनावश्यक चाहानालाई नियन्त्रण गर्नुहोस् । आफ्नो कमाइ अनुसारको रहनसहन बनाउनुहोस् ।
४. एमरजेन्सी फन्ड बनाउनुहोस् । कुनै बेला केहि भैहाल्यो भने त्यो रकम काम लाग्छ । यसले तलव बचाउन समेत सहयोग गर्छ । 
५. लामो अवधिको लगानीलाई पनि ख्याल गर्नुहोस् । तलवको केहि भाग लगानी गर्नुहोस् । नेपालमा तपाईंले सेयरमा लगानी गर्न सक्नुहुनेछ । वा केहि भएपनि सुन किन्न सक्नुहुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: