×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कुन प्रदेशमा कति मतदाता ?

निर्वाचन आयोगमा दर्तामध्ये सबैभन्दा धेरै मतदाता प्रदेश नम्बर ३ मा छन्। सात प्रदेशमध्ये राजधानी काठमाडौंसमेत रहेको ३ नम्बर प्रदेशमा मतदाताको संख्या धेरै देखिएको हो। तीन नम्बरमा एक सय १९ वटा एकाइ (गाउँ/नगर/उपमहानगर र  महानगरपालिका) छन्। प्रदेश नम्बर तीनमा २७ लाख ६० हजार एक सय ८२ मतदाता छन्। त्यसैगरी प्रदेश नम्बर १ दोस्रो मतदाता संख्या देखिएको छ। प्रदेश नम्बर १ मा २६ लाख ७४ हजार पाँच सय ६३ जना मतदाता छन्।
तेस्रोमा प्रदेश नम्बर २ देखिएको छ। २ नम्बर प्रदेशमा २६ लाख ६४ हजार सात सय ९२ मतदाता छन्। मतदाता संख्यामा तेस्रोमा रहेको प्रदेश २ मा एकाइ भने एक सय २७ वटा छन्। प्रदेश २ मा सबैभन्दा धेरै मतदाता रहेको प्रदेश ३ भन्दा आठ गाउँपालिका बढी छन्। तर, मधेस केन्द्रित दलले जनसंख्याका आधारमा प्रतिनिधित्व खोजिरहँदा अन्य प्रदेशमा भन्दा बढी देखिएको छ।
सात वटा प्रदेशमध्ये सबैभन्दा कम मतदाता ६ नम्बर प्रदेशमा छन्। यहाँ आठ लाख सात हजार नौ सय चार मतदाता छन्। प्रदेश ६ मा गाउँपालिका, नगरपालिका गरी ८२ वटा एकाइ छन्। प्रदेश नम्बर ५ मा २२ लाख ४६ हजार ९ सय ९४ मतदाता छन्। जहाँ ९९ वटा एकाइ तोकिएका छन्
आयोगका अनुसार प्रदेश नम्बर ४ मा १५ लाख ९६ हजार तीन सय ३३ जना मतदाता छन्। त्यस प्रदेशमा ९२ वटा एकाइ तोकिएको छ। प्रदेश नम्बर ७ मा १३ लाख तीन हजार सात सय १४ जनता मतदाता छन्। जहाँ ८८ वटा गाउँपालिका, नगरपालिका छन् । -नागरिकवाट
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: