×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

दोलखाका मतदाता चढेको बस सिन्धुपाल्चोकमा दुर्घटना, २ को मृत्यु

 
चौतारा – स्थानीय तहको चुनावका लागि मतदाता बोकेर दोलखातर्फ जाँदै गरेको बस विहीवार अपरान्ह सिन्धुपाल्चोकमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
नेकपा माओवादी केन्द्रले रिजर्भ गरेर लगेको बस लामोसाँघु जिरी सडकखण्डको ३ किलो भन्ने ठाउँमा सडकबाट खसेको थियो । दुर्घटनामा दोलखा लामिडाँडा साविक वडा नम्बर ४ का मुक्तिनाथ घिमिरे र उनकी पत्नी रत्नकुमारी घिमिरेको मृत्यु भएको सिन्धुपाल्चोकका एसपी रविन्द्र केसीले बताएका छन्
दुर्घटनामा परि करीव डेढ दर्जन माओवादी कार्यकर्ता र समर्थक घाइते भएका छन् । घाइतेहरुमध्ये केहीको सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको छ भने अन्यलाई काठमाडौं लगिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: