×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

काँग्रेस नेता विश्वकर्माले नँया सरकार गठनबारे गरे यस्तो खुलासा

भक्तपुर – नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले  काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा यहि महिनाको तेस्रो सातासम्म नयाँ सरकार गठन हुने खुलासा गरेका छन् ।
उनले देउवा नेतृत्वकाे भावी सरकार अधिकत्तम सहमतिको सरकार हुने बताउँदै त्यहि सरकारले स्थानीय तहको दोस्रो मात्रै नभई प्रदेश र संसदको निर्वाचन समेत गराउने बताए ।
उनले प्रधानन्यायाधीश शुसिला कार्कीमाथि लगाईएको महाअभियोग दोस्रो चरणका स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुका साथै संविधान कार्यान्वयनका लागि फिर्ता लिनु परेको बताएका छन् । 
रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै केन्द्रीय विश्वकर्माले नेपाली काँग्रेसले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा जनमतका आधारमा ३८ प्रतिशत निर्वाचन जितेको बताए । उनले विगतमा बयलगाढा चढेर अमेरीका पुग्नु र रत्नपार्कमा कराउँदैमा गणतन्त्र आउँछ भन्दै जोक गर्ने केपी ओली, संघियता नेपालमा हुनै सक्दैन भन्ने चित्रबहादुर केसी र संविधानमा हिन्दुराज्य र राजतन्त्र राख्नुपर्छ भन्ने राप्रपा अहिले एउटै कोठामा रहेको आरोप समेत लगाए । 
केन्द्रीय सदस्य विश्वकर्माले यी तीनवटै दललाई अहिले पनि दरबारको सहयोग मिलेको र यिनीहरु दरबारबाटै परिचालित भएको पनि आरोप लगाएका छन् । उनले मधेशवादी दलको संघीयता, नेकपा माओवादी केन्द्रको गणतन्त्र र नेपाली काँग्रेसको मुद्दा मिलेको कारण अब पनि नेपाली काँग्रेसको नेतृत्वको सहमतिय सरकार बन्ने र नेपाली काँग्रेस दोस्रो स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बन्ने दाबी समेत गरे ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: