×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सेञ्चुरीको कमाए ३३.७९% खुद नाफा

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं –  चालु अर्थिक वर्षको तेस्रो त्रैमासमा सेञ्चुरी बैंकले ३१ करोड ९ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट प्रस्तुत गरेकोे छ । गत वर्ष यही अवधिको तुलनामा खुद नाफा ३३.७९% ले बढेको हो । बैंकले गत वर्ष २३ करोड २४ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । सेञ्चुरीको खुद ब्याज आम्दानी पनि गत वर्ष भन्दा २४.६६% ले धेरै भएको छ । यो त्रैमासमा बैंकले खुद ब्याज आम्दानी ७७ करोड १० लाख ८८ हजार रुपैयाँ पुर्याएको छ । बैंकको खुद ब्याज आम्दानी गत वर्ष ६१ करोड ८५ लाख ३१ हजार रुपैयाँ मात्र थियो । बैंकले ३ करोड ९१ लाख १ हजार रुपैयाँ राइट ब्याक गरेको छ भने सम्भावित जोखिमका लागि ११ करोड १४ लाख ७ हजार रुपैयाँ छुट्याएको छ ।
सेञ्चुरीले तेस्रो  त्रैमाससम्म आइपुग्दा ३३ अर्ब १४ करोड ४० लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले ३० अर्ब ६ करोड ८६ लाख ५३ हजार रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ । यसको कर्जा निक्षेप अनुपात ७२.२९% छ भने कस्ट अफ फन्ड बढेर ७.४१% पुगेको । गत वर्ष कस्ट अफ फन्ड ३.८२% थियो । यसैगरी, बैंकले गत वर्ष ०.९०% रहेको खराब कर्जालाई कम गरेर ०.५३% मा सीमित राख्न सफल भएको छ । सेञ्चुरीको इक्विटीमा प्रतिफल भने केही तल झरेको छ । हाल बैंकको इक्विटीमा प्रतिफल (वार्षिक) ९.६२% छ । गत वर्ष यो १०.३६% थियो । सेञ्चुरीको चुक्ता पुँजी ३ अर्ब ६८ करोड ९० लाख रुपैयाँ पुगेको छ । पुँजी गत वर्ष भन्दा २९.८६% धेरै भएको हो ।
सेञ्चुरीले राष्ट्र बैंकले तोकेको ८ अर्ब चुक्ता पुँजी पुर्याउन अरनिको र इन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने निर्णय गरिसकेको छ । यसैगरी, सेञ्चुरीले हालै वार्षिक साधारण सभा गरेर १०% बोनस सेयर दिने र दुई विकास बैंकलाई एक्वायर गरिसकेपछि कायम हुने पुँजीको ४०% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गरिसकेको छ । बैंकले चुक्ता पुँजी वृद्धिसँगै रिजर्भ कोष पनि मजबुत बनाउनुपर्ने देखिन्छ । हाल बैंकको रिजर्भ कोषमा ९३ करोड २८ लाख ९८ हजार रुपैयाँ मात्र छ । यो त्रैमासमा सेञ्चुरीको प्रतिसेयर आम्दानी (वार्षिक) ११ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ २९ पैसा पुगेको छ । गत वर्ष बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ ९१ पैसा र प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ४६ पैसा थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: