×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चुनावको मुखैमा एमालेलाइ ठुलो झड्का, नेता कँडेल सहित ७० कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

काठमाडौं – चुनावको मुखैमा नेकपा एमालेलाई ठुलो घाटा लागेको छ । नेकपा एमाले कञ्चनपुरका नेता यज्ञ प्रशाद कँडेल सहितका एमाले कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका छन् । सोमबार माओवादी केन्द्र कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पार्टी प्रवेस कार्यक्रममा एमाले सचिवालय सदस्य समेत रहेका कँडेलले औपचारिक रुपमा एमाले परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेस गरेका हुन् ।
माओवादी केन्द्र ७ नम्बर प्रदेशका प्रचारप्रचार विभाग प्रमुख ओम बिक्र्म भाटले यस अघि बेलौरीमा एमालेका ७० कार्यकर्ता प्रवेस गरेको बताउदै सोमबार औपचारिक रुपमा कँडेलले माओवादी केन्द्र प्रवेस गरेको बताए । उनका अनुसार कँडेल संगै एमाले बेलौरीकी कार्यकर्ता राधा कँडेल र काँग्रेस बेलौरीका कार्यकर्ता अशोक प्रशात धिताल, कमल गौमत लगायतका कार्यकर्ताले माओवादी केन्द्र प्रवेस गरेका छन् ।
उनीहरुलाई सामुहिक रुपमा पार्टी प्रवेस गराउदै माओवादी केन्दका नेता लेखराज भट्टले टिका लगाएर पार्टी प्रवेस गराएका छन् । पार्टी प्रवेस गराउदै नेता भट्टले नव प्रवेसी नेताहरुलाई समान रुपमा जिम्मेबारी दिईने बचन दिए । माओवादी केन्द्र प्रवेस गर्दै कँडेलले एमालेले आफुले सोधेका प्रशनको जवाफ नदिएका कारण माओवादी केन्द्र प्रवेस गरेको बताए । ‘म एमालेमा लामो समयदेखि एमालेमा इमान्दार भएर काम गर्दै थिए, ‘उनले भने, ‘पार्टी भित्र जातियता, क्षेत्रीयता, नातावादा र कृपावाद हावीले एमाले छाडेको हुँ ।’
आफुलाई टिकट नदिएका कारण एमाले नछाडेको भन्दै एमाले भित्रको प्रवृतिले माओवादी केन्द्र रोजेको बताए । आफ्ना प्रशनको जवाफ एमाले नेताले नदिदा पार्टी परित्याग गरेको उनको भनाई छ । ‘मैले भीम रावल संग जवाफ मागे रावलले पनि उत्तर दिन सकेनन्, ‘उनले भने, ‘एमालेमा बस्नुको तुक नहुँदा माओवादीमा आए ।’
आफुलाई रोक्न जिल्लादेखि केन्द्रका भिम रावलसम्मका नेताहरुले आग्रह गरेपनि आफुले उनीहरुको आग्रह नर्कादै माओवादी केन्द्र रोजेको स्पष्ट पारे । ‘पुनर्वासमा फैरु तामाङ्गलाई टिकट दिएर खोस्यो, ‘उनले भने, ‘यो सरासर समुदाय विषेशमा प्रहार भयो ।’ आफु केपी ओलीको पक्षधर भएको खुलासा गर्दै उनले ओली निकटलाई पार्टीभित्रबाट विभेद गरेको बताए ।
राजावादी र धर्मनिरपेक्षा बिरोध दलसंग चुनावमा एमालेले साँठगाँठ गरेको विषय बारे उनले आर्चयता प्रकट गरेका छन् ।‘मैले एमाले भित्र टिकट वितरणमा सबै समुदायको प्रतिनिधित्वको कुरा उठाएको थिए, ‘उनले भने, ‘मेरा कुरा कसैले सुनेन् र आज माओवादीमा प्रवेस गर्दा एमालेका नेताहरुले फोन गरेर पार्टी नछाड्न आग्रह गरिरहेका थिए ।’
बेलौरीमा माअ‍ोवादीलाई चुनाव जिताउन आफु हिडेको समेत उनले घोषणा गरेका छन् । माओवादी केन्द्र कञ्चनपुरका इन्चार्ज देविलाल चौधरीको अध्यक्षतामा सम्पन्न भएको पार्टी प्रवेस कार्यक्रमको संचालन माओवादी केन्द्र ७ नम्बर प्रदेशका प्रचार प्रसार विभाग प्रमुख तथा युवा नेता ओम प्रकास भाटले कार्यक्रम संचालन गरेका थिए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: