×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिटिजन्स बैंकको २५% हकप्रद भर्ने आज अन्तिम दिन, आवेदन बुझाउन कहाँ जाने ?

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – सिटिजन्स बैंकको २५% हकप्रद भर्ने बिहीबार अन्तिम दिन हो । यसअघि बुधबारलाई हकप्रद भर्ने अन्तिम मिति तोकिए पनि सार्वजनिक बिदा परेकाले बिहीबारसम्म हकप्रद भर्न मिल्ने बनाइएको बैंकले जनाएको छ । लागानीकर्ताले बैंकको १०ः२.५ अनुपातमा १ करोड ३८ लाख ४३ हजार कित्ता हकप्रद सेयरका लागि कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । यो हकप्रदमा फागुन २४ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् ।
यो हकप्रदमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय नक्साल काठमाडौं, सिटिजन्सको केन्द्रीयसहित सम्पूर्ण शाखा कर्यालय र सीबीआइएल क्यापिटल डिल्लीबजार काठमाडौंबाट आवेदन दिन सक्नेछन् । सिटिजन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८८ करोड रुपैयाँ भन्दा धेरै खुद नाफा कमाएको छ । हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ८७ करोड ३४ लाख रुपैयाँ छ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउने अद्देश्यले बैंकले हकप्रदको बाटो रोजेको छ । बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ४२ पैसा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: