×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देउवा दाई ! बेलैमा सोचेनौ भने तिमीसँग आरजु बाहेक अरु कोही रहनेछैनन

काठमाडौँ – पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाका लागि सबैभन्दा ठूलो कमजोरी छोरी सुजाता हुन् । गिरिजाबाट सभ्भवत प्रधानमन्त्री प्रचण्डले सिकेका केही छन भने एउटै चिज हो पारिवारिक मोह । गिरिजाजसै गरी प्रधानमन्त्री प्रचण्ड अहिले पारिवारिक चंगुलमा फसेका छन । आफ्ना पुत्रीलाई मेयर बनाउनका लागि उनले अहिले चुनावी तालमेलका कुरा गरेर कांग्रेसका योग्य नेताहरुलाई शहीद बनाउने भएका छन ।
एक जना पुत्री रेणु दाहाललाई जिताउनकै लागि प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग चुनावी तालमेल गरेपछि कांग्रेस वृत्तमा भूँइचालो गएको छ । काठमाडौं, पोखरा र भरतपुरको मेयर÷उपमेयरमा चुनाबी तालमेल भएसँगै कांग्रेस वृत्तबाट आलोचान सुरु भएको छ ।
तालमेल अनुसार माओवादी केन्द्रले काठमाडौं र पोखरा महानगरका मेयरमा कांगे्रेस उम्मेद्वारलाई मतदान गर्नेछन् । त्यसको सट्टामा भरतपुरमा कांग्रेसले माओवादी केन्द्रका उम्मेद्वारलाई मेयरमा मतदान गर्नुेपर्नेछ ।
कांग्रेस वृत्तमा भने यस्लाई पार्टीगत तालमेल नभई व्यक्तिगत तालमेलको रुपमा लिइएको छ । यो हिमचिमको शिकार दिनेश कोइराला हुँदैछन् । कांग्रेस भनेकै प्रजातन्त्र हो भन्ने भ्रम पालेर पार्टीमा जीवन लगाएका कोइराला अव भरतपुर महानगरमा कांग्रेसका तर्फबाट एकदिने उम्मेद्वारमा सिमिति भएका छन् । नियतीका यस्ता पात्रको सूची बढ्दै जाने थालेको छ ।
स्मरणीय छ, रेणु दाहालले २०७० को संविधानसभाको निर्वाचनमा चौथो मतका साथ आफ्नो क्षमता प्रदर्शन गरिसकेकी हुन् । अव काठमाडौ छाडेर उनी भरतपुर सरेकी छन् । प्रधानमन्त्री दाहाल भन्दैछन्, ‘छोरीले जसरी पनि जित्नुपर्छ, त्यसो भयो भने माओवादी केन्द्रको अस्तित्व जोगिन्छ भन्दै हिड्न थालेका छन ।
 
उता,रेणुलाई मेयर बनाउनका लागि इमान्दार छविका दिनेश कोइरालालाई बलिको बोका बनाउन खोजे पछि चितवन कांग्रेसमा आगो बलेको छ । कांग्रेसले भरतपुरमा माओवादीलाई समर्थन गरी उम्मेदवारी फिर्ता नलिने कोइरालाले वताइरहेका छन । यो बीचमा आजै बिहान मात्र कांग्रेस चितवनका उपसभापति कैलाश कोइराला, सांसद रामकृष्ण घिमिरे र उम्मेदवार दिनेश कोइरालाको बैठक सम्पन्न भएको छ । बैठकपछि पार्टी सभापति जीतनारायण श्रेष्ठले विज्ञप्ति नै प्रकाशित गरेर कांग्रेस माओवादी तालमेल नहुने वताएका छन। पेलेरै जान खोजे चितवनमा पार्टी केन्द्रको निर्णय नमान्ने चेतावनी कांग्रेस नेताहरुले दिएका छन् । मेयरमा कांग्रेसको उम्मेदवार बनेका कोइरालालाई उम्मेदवारी फिर्ता नगर्न दवाव परेको छ ।
उता, काग्रेस सभापतिको यो दभ्भको विरोधमा सामाजिक सञ्जालमा यूवा पुस्ताका नेताहरुले भने देउवाको चर्काे आलोचना गरेका छन । नेतृ लक्ष्मी खतिवडाले कडा व्यग्य गर्दै लेख्छिन ‘इतिहास कै सबै भन्दा नालायक नेतृत्व हो यो,निति सिद्दान्त र दर्शन बिनाको गठजोठ सत्ता मै भारी थियो । अब त चुनावी तालमेल पोरुबरिष्टनेता र महामन्त्रिज्यु अझै पनि चुप लागेरै बस्ने पार्टी डुबाउ र मोज गर ’
अर्काे विद्यार्थी नेता दिनेश चन्द्र थपलियाले भरत्रपुर महानगरपालिकाको मयरको टिकट कति मूल्यमा बेचियो जान्न चाहेका छन । – एस काठमाडौं 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: