×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

डिप्रोक्स लघुवित्तको १००% हकप्रद सेयर भर्ने आज अन्तिम दिन

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – डिप्रोक्स लघुवित्त विकास बैंकको १००% हकप्रद सेयर भर्ने सोमबार अन्तिम दिन हो ।  यो हकप्रद सेयरमा आवेदन कार्यालय समयपछि बन्द हुनेछ । डिप्रोक्सले १ः१ अनुपातमा  प्रतिकित्ता १०० रुपैयाँको दरले २५ लाख ७९ हजार २३८.४३ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउने क्रममा डिप्रोक्सले १००% हकप्रद सेयर निष्कासनको बाटो रोजेको हो । सुरुमा कम्पनीले चैत ७ देखि बैशाख १० गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । 
तर तोकिएको समयभित्र सबै सेयर बिक्री नभएपछि पुनः १५ दिन समय थप गरेको हो । फागुन १ गतेसम्म कायम सेयरधनीले मात्र यसमा आवेदन दिन सक्नेछन् । यो हकप्रदमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ रहेको छ । हकप्रद सेयर खरिदका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड सेन्ट्रल प्लाजा, नारायणचौर नक्साल र डिप्रोक्सका सम्पूर्ण कार्यालयबाट आवेदन फारम लिन र बुझाउन पाइनेछ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: