×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ओलीसँग बम्कदै देउवाले भने ‘म प्रधानमन्त्री हुँदा तपाईलाई के अफ्ठ्यारो ?’

काठमाडौँ – प्रधानमन्त्री भएपिच्छे असक्षमताको ट्याग लागेको देउवा प्रति एमालेले विश्वाश गर्न सकेको छैन । र उनी प्रधानमन्त्री बनेको खण्डमा वाँकी चार निर्वाचन क्षेत्रमा निर्वाचन हुने कुरामा समेत एमाले सशकीत छ ।
यही कारण एमालेको जोड छ,प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा दोश्रो तहको निर्वाचन सम्पन्न होस र मात्र सत्ता देउवालाई हस्तान्तरण होस । प्रधानमन्त्री प्रचण्डले देउवालाई सत्ता हस्तान्तरण गर्ने तयारी गरिरहँदा एमालेले अवरुोध गरेपछि हिजो देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच चर्काचर्कि भएको छ । संसद भवन बानेश्वरमा भएको तीनदलको बैठकमा देउवा र ओलीबीच भनाभन भएको स्रोतको भनाई छ ।
हिजो प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा कुराकानी गरिरहेका बेला केपी ओली पुगेका थिए । उनले प्रधानमन्त्री प्रचण्डलाई अहिले किन छाड्नु पर्‍यो भनेपछि देउवा आक्रोसित बनेको बताइएको छ ।
देउवाले ओलीलाई म प्रधानमन्त्री हुँदा तपाईलाई के अफ्ठ्यारो पर्यो भन्दै ओलीलाई जवाफ फर्काएका थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंगलबार राजिनामा दिने तयारी गरिरहेका बेला ओलीले २० /२२ दिन पर्खन देउवालाई सुझाएका थियो । तर देउवाले नमानेपछि ओली देउवासँग रिसाएका थिए ।
यता,एमालेका अवरोधका कारण हिजै संसदमा बिशेष सम्बोधन गरेर राजिनामा दिने तयारी गरेका प्रधानमन्त्री प्रचण्ड अवरोध पछाडि रोकिएका छन । सरकार निर्माणका नेपाली कांग्रेससंग भएको सहमति अनुसार नै प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्न लागेका हुन् ।
तर, सरकारसंग रुष्ट बनेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा रोक्ने पक्षमा छ । हिजो बिहान बालुवाटारमा बसेको बैठकमा एमाले अध्यक्ष ओलीले सरकार गरेको स्थानीय तह थप्ने निर्णय आफुहरुलाई मान्य नहुने बताँउदै आएको छ । र, उस्ले प्रचण्डले दोस्रो चरणको चुनाव गराएर मात्रै सत्ता हस्तान्तरण गर्नुपर्ने धारणा राख्दै आएको छ । – एस काठमाडौं 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: