×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देउवाले बोलाएको बैठक छाडेर राजपाका नेता भारतीय दूतावास हानिए

काठमाडौँ  – छिमेकी मित्रराष्ट्र भारतले राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरुलाई दोस्रो चरणको निर्वाचनमा भाग लिनको लागि आग्रह गरेको छ ।
आज विहान नेपालस्थित भारतीय राजदुत मञ्जिवसिंह पुरीले बोलाएको बैठकमा राजपा नेपालका शीर्ष नेताहरुलाई दोस्रो चरणको निर्वाचनमा भाग लिनको लागि आग्रह गरेको स्रोतको भनाई छ । तर नेताहरुले अहिलेसम्म आफूहरुको माग पूरा नभएको गुनासो पोख्दै मिति सारेपनि माग पूरा पूरा नभएकोले चुनावमा नजाने अडान लिएका थिए ।
राजपा नेपालका शीर्ष नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक छोडेर दुतावासको बैठकमा सहभागी भएका थिए । उनीहरुले बैठकमा आफ्ना मागहरु पूरा नभएसम्म कुनैपनि निर्वाचनमा भाग नलिने अडान दोहोर्याएका थिए । बैठकमा राजपा नेपालका अध्यक्ष महन्थ ठाकुर शीर्ष नेताहरु क्रमशः राजकिशोर यादव, अनिल झा, राजेन्द्र महतो सहभागी थिए । – काठमाडौँ टुडे 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: