×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देवः विकास बैंकको सेयर लिलामी किन्ने आज अन्तिम दिन

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – देवःविकास बैंकको ६ लाख १७ हजार ६१५.३९ कित्ता सेयर लिलामीमा किन्ने बिहीबार अन्तिम दिन हो । कार्यालय समयसम्म मात्र यो लिलामी सेयरमा आवेदन दिन पाउनेछन । देवःले संस्थापक समूह तर्फको ३ लाख ८३ हजार २९७.३८ कित्ता र सर्वसाधारण समूहको २ लाख ३४ हजार ३९८.३९ कित्ता लिलामीमा बिक्री गरेको हो । लगानीकर्ताले यो सेयरमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा  बढी भाउ तोकि निवेदन दिनुपर्नेछ । बैंकले हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर वैशाख २८ गते देखि लिलामीमा बिक्री खुला गरेको हो । यसअघि बैंकले माघ ९ गते देखि फागुन १५ गते सम्म ४४ लाख ५ हजार ४४०.३९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । यो समयभित्र आवश्यक मात्रामा  हकप्रद सेयर नबिकेपछि बैंकले फेरि १२ दिन समय थपेर फागुन २७ गतेसम्म बिक्री खुला गरेको थियो ।
लिलामीमा आवेदकले एनआइबीएल क्यापिटल मार्केट लिमिटेड लाजिम्पाट काठमाडौंमा पुग्ने गरी आवेदन फारम बुभाउनु पर्नेछ । बोलपत्र जेठ ५ गते  दिउसो २ बजे एनआइबीएल क्यापिटल मार्केट लिमिटेड लाजिम्पाट काठमाडौंमा खोलिनेछ । देवःको यो लिलामी सेयरमा बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट लिमिटेड हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले १९ करोड ९० लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको यही त्रैमासको तुलनामा २५५.२६५ ले बढी हो । हाल देवःको चुक्ता पुँजी १ अर्ब ३८ करोड ३२ लाख २३ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ १९ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ २६ पैसा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: