×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

धुलिखेल : चौरी देउरालीको दुई वडामा माओवादी केन्द्र विजयी

धुलिखेल – काभ्रेपलाञ्चोक जिल्लाको कोसीपारि चौरी देउरालीमा नेकपा (माओवादी केन्द्र) दुवै वडामा विजयी भएको छ । 
सो गाउँपालिकाको वडा नं १ मा राजु आले तामाङ र वडा नं २ मा दिनेश लामा विजयी भएका छन् । तामाङले ३१० मत प्राप्त गरेका छन् उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रताव लामाले २७७ मत प्राप्त गरे । त्यस्तै वडा नं २ मा दिनेश लामाले ३०० मत प्राप्त गर्नुभएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका डम्बरबहादुर लामाले २३९ मत प्राप्त गरे । 
जिल्लाको डाँडापारिस्थित महाभारत गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) अग्र स्थानमा छ । 
सो गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका कान्छालाल जिम्बाले ६५८, नेपाली काँग्रेसका रकमसिं घलानले ३६४ र नेकपा (एमाले)का राजकुमार कुँवरले १०६ मत प्राप्त गरेका छन् । वडा नं १ र २ को मत गणना सम्पन्न भएको छ । 
प्राप्त परिणामअनुसार वडा नं १ मा माओवादी केन्द्रका कान्छामान जिम्बाले ४३० मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवराज योञ्जनले २०२ मत प्राप्त गरेका छन् । सो वडाको महिला सदस्यमा विकुमाया श्रेष्ठ र दलित महिला सदस्यमा दुर्गामाया परियार र अन्य सदस्यहरुमा ढकबहादुर दर्लामी र वीरध्वज योञ्जन विजयी भएका छन् । 
त्यस्तै वडा नं २ मा मीनबहादुर वाइबाले ३४० मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका ज्ञानबहादुर स्याङ्तानले २०१ मत प्राप्त गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: