×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित

काठमाडौँ – सरकारले आव २०७४/७५ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम व्यवस्थापिका–संसद् बैठकको बहुमतले आज पारित गरेको छ । 
राष्ट्रपतिबाट यही जेठ ११ गते संसद् बैठकमा गरिएको सम्बोधनमार्फत आएको आव २०७४/७५ का लागि सरकारको नीति तथा कार्यक्रममाथि दिइएको धन्यवाद प्रस्तावलाई संसद्को आजको बैठकले बहुमतले पारित गरेको हो । 
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रमका बारेमा उठेका प्रश्नको जवाफ दिनुभएको थियो । यसअघि नीति कार्यक्रमका विपक्षमा सांसद प्रेम सुवाल, अनुराधा थापा मगर र दुर्गा पौडेलले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । अब पारित नीति तथा कार्यक्रममा आधारित भएर संविधानानुसारसरकारले सोमबार आगामी आव २०७४ । ७५को वार्षिक आयव्यय विवरण(बजेट) प्रस्तुत गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: