×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फर्स्ट माइक्रोफाइनान्सको ५०% हकप्रद सेयर बिक्री खुल्यो, कहाँ जाने फारम भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले बिहीबारदेखि ५०% हकप्रद सेयर बिक्री खुला गरेको छ । प्राप्त जानकारी अनुसार बैंकले २ः१ अनुपातमा १०० रुपैयाँ दरको १३ लाख २२ हजार ५०० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । हकप्रद सेयरमा चैत १९ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । कम्पनीले पुँजी वृद्धिका लागि २ः१ अनुपातमा हकप्रद सेयर जारी गरेको हो । यो सेयर बिक्री पछि चुक्ता पुँजी ३९ करोड ६७ लाख ५० हजार रुपैयाँ पुग्नेछ । हाल यसको चुक्ता पुँजी २६ करोड ४५ लाख रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ६ पैसा र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ७४ पैसा छ । 
यो हकप्रद सेयरमा ग्लोबल आइएमइ क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको काम गरेको छ । कम्पनीको काठमाडौं ज्ञानेश्वर, मोरङको उर्लाबारी र चितवनको भरतपुर शाखाबाट हकप्रद सेयरमा आवेदन दिन पाइनेछ । यसैगरी, ग्लोबल आइएमई क्यापिटल लिमिटेड नाँचघर, काठमाडौ तथा ग्लोबल आइएमई बैंकको वीगन्ज, इटहरी, जनकपुर, धनगढी, पोखरा, नेपालगंज र बुटवल शाखाबाट पनि आवेदन फारम भर्न र बुझाउन सकिनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: