×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आइजीपी प्रकरणको सुनुवाई एकाएक स्थगित

काठमाडौँ – आजका लागि तोकिएको आइजीपी प्रकरणको पेसी स्थगित भएको छ । कामु प्रधानन्यायाधीश गोपाल पराजुलीले इजलास नतोकी पेसी स्थगित गरेका हुन् ।
यसअघि २९ चैत मा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले लिखित जवाफ पेस गर्ने पक्षहरुलाई समेत म्याद गुजारे समय नदिने उल्लेख गर्दै आजको लागि सुनुवाईको मिति तोकेका थिए । तर सुशीला कार्कीमाथि महाभियोग लागेपछि पराजुलीले मुद्दाको पेशी कसलाई तोक्लान् भनि चासो बढिरहेको बेला एकाएक पेशी नै स्थगित भएका हुन् ।
डिआईजी नवराज सिलवालले प्रकाश अर्याललाई आईजीपी बनाउने निर्णय बदर गर्दै आफूलाई आइजीपी नियुक्ति गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: