×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राधीकोआइपीओ भर्ने बुधबार अन्तिम दिन, कहाँ जाने फारम भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – राधी बिद्युत कम्पनी लिमिटेडको लमजुङका स्थानीय बासिन्दालाई बिक्री गरिएको आइपीओ भर्ने आज आन्तिम दिन हो । बुधबार बैंकिङ समय सम्ममात्र यो आइपीओमा आवेदन दिन पाइनेछ । राधीले वैशाख ५ गतेदेखि लमजुङ जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दालाई ४ लाख १० हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले अतिप्रभावित साविक घेर्मु गाविस (हाल मस्र्याङ्दी गाँउपालीका वडा नं ५) का स्थानीय बासिन्दालाई २ लाख ४६ हजार र न्यून प्रभावित ताघ्रिङ गाविस (हाल मस्र्याङ्दी गाँउपालिका वडा नं ४ का स्थानीय बासिन्दालाई १ लाख ६४ हजार कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो । 
राधीले १०० रुपैयाँको दरले अतिप्रभावित क्षेत्रका स्थानीयलाई ६०% र न्यून प्रभावित क्षेत्रका स्थानीयलाई ४०% आइपीओ बेचेको हो । यसको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ हो । राधीको आइपीओमा आयोजना प्रभावित स्थानीय बासिन्दाले न्यूनतम ५० देखि अधिकतम ४ हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । लगानीकर्ताले नबिल बैंक, ओम डेभलपमेन्ट बैंक र कैलाश विकास बैंकको लमजुङ शाखाबाट आवेदन फारम लिन र बुझाउन सक्नेछन् । 

यसैगरी, राधी हाइड्रोपावरको पावर स्टेसन घेर्मु ३, लमजुङबाट पनि दरखास्त दिन पाइनेछ । राधीको अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ र जारी पुँजी ४१ करोड रुपैयाँ छ । जारी पुँजी मध्ये ३० करोड ७५ लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । कम्पनीले जारी पुँजीको १०% सेयर आयोजना प्रभावित स्थानीय बासिन्दालाई बेच्न लागेको हो । यसपछि कम्पनीले ६ करोड १५ लाख रुपैयाँको आइपीओ सर्वसाधारणलाई बिक्री गरेर पुँजी पुर्याउने लक्ष्य लिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: