×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सडक दुर्घटनामा एमालेका नवनिर्वाचित अध्यक्ष गम्भीर घाइते

धादिङ – धादिङको गल्छी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष कृष्णहरि श्रेष्ठ सडक दुर्घटनामा गम्भीर घाइते भएका छन् ।
शुक्रवार विहान गजुरी गाउँपालिकाको भल्टार नजिक मोटरसाइकल दुर्घटना हुँदा चालक विवश पौडेलसहित श्रेष्ठ घाइते भएका हुन् । नेकपा एमालेबाट निर्वाचित अध्यक्ष श्रेष्ठ जनतालाई धन्यवाद दिन जाने क्रममा दुर्घटनामा परेको गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले बताइन् ।
गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि तत्कालन नेपाली सेनाको ब्यारेकमा प्राथमिक उपचार गरिएको थियो । थप उपचारका लागि हेलिकोप्टरबाट ग्राण्डी अस्पताल ल्याइएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: