×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मेगाले कमाए ६८.०३% खुद नाफा

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मेगा बैंकले ५४ करोड २४ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्ष यही त्रैमासको तुलनामा ६८.०३% ले बढी हो । गत वर्ष मेगाले ३२ करोड २८ लाख १० हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । यो त्रैमासमा बैंकको खुद ब्याज आम्दानीमा भएको आकर्षक वृद्धि नै खुद नाफा बढाउने गतिलो आधार देखिएको छ । बैंकले खुद ब्याज आम्दानी गत वर्षको तुलनामा ५८.०१% ले बढोत्तरी गर्न सफल भएको छ । यो त्रैमासमा बैंकले १ अर्ब १४ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यही अवधिमा खुद ब्याज आम्दानी ७२ करोड ६८ लाख ४० हजार रुपैयाँ मात्र थियो । मेगाले निक्षेप २६ अर्बबाट बढाएर ३८ अर्ब ४४ करोड ३४ लाख ५१ हजार रुपैयाँ पुर्याएको छ । बैकले ३४ अर्ब ९३ करोड ६४ लाख ७६ हजार रुपैयाँ कर्जा लगानी गर्न सकेको छ ।
सम्भावित जोखिमका लागि १७ करोड १९ लाख ४० हजार रुपैयाँ छुट्याएको मेगाले ४ करोड ३३ लाख २५ हजार रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ । बैंकले खराब कर्जामा पनि सुधार गरेको छ । गत वर्ष १.२५% रहेको खराब कर्जालाई यो त्रैमासमा ०.८७% मा सीमित गरिदिएको छ । कर्जा निक्षेप अनुपात ७०.६०% रहेको बैंकको कस्ट अफ फन्ड भने ५.५०% छ । कस्ट अफ फन्ड गत वर्ष ३.८२% थियो । बैंकले चुक्ता पुँजी पनि गत वर्षको तुलनामा ५९.६३% ले बढोत्तरी गरेको छ । यो त्रैमासमा मेगाको चुक्ता पुँजी ४ अर्ब ५८ करोड २३ लाख १३ हजार रुपैयाँ छ भने जगेडा कोषमा  १ अर्ब २ करोड ८७ लाख २० हजार रुपैयाँ छ ।
बैंकको चुक्ता पुँजी बढ्दै जाँँदा सोही अनुपातमा जगेडा कोष पनि सबल बनाउनुपर्ने अवस्था छ । गत बर्ष बैंकको चुक्ता पुँजी २ अर्ब ८७ करोड ५ लाख ६० हजार रुपैयाँ मात्र रहेको थियो । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन मेगाले बोनस र हकप्रदलाई प्राथमिकता दिएको छ । बैंकले गत वर्षको नाफा बाट लगानीकर्तालाई १३.२५% बोनस र त्यसमा लाग्ने कर तिर्न ०.७०% नगद लाभांश वितरण गरिसकेको छ । त्यस्तै, बैंकले पुँजी बढाउनको लागि साधारण सभाबाट ६५% हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि पास गरिसकेको छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८८ पैसा (बार्षिक) रहेको बैकको प्रतिसेयर नेटवर्थ भने १२२ रुपैयाँ ४५ पैसा रहेको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: