×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआइसी एसियाको हकप्रद भर्ने आज अन्तिम दिन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – एनआइसी एसिया बैंकको १५% हकप्रद सेयर भर्ने आज अन्तिम दिन हो । मंगलबार कार्यालय समयसम्म मात्र यो हकप्रद सेयरमा आवेदन दिन पाइनेछ । एनआइसीले चैत १६ गतेदेखि (१००ः१५) अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो । बैंकले प्रतिकित्ता १०० रुपैयाँ दरले ८७ लाख २९ हजार ४७५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । हकप्रद सेयर निष्कासनपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ६९ करोड २५ लाख ९७ हजार ४९८ रुपैयाँ पुग्नेछ । नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्याउने क्रममा एनआइसीले १५% हकप्रदको बाटो रोजेको हो । कम्पनीको यो हकप्रद सेयरमा चैत ६ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
सिभिल क्यापिटल मार्केट लिमिटेड कमलादी काठमाडौं तथा एनआइसी बैंकको मुख्य कार्यालय थापाथली काठमाडौं र बैंकका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । एनआइसीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ३५ करोड ७९ लाख ९१ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको तेस्रोे त्रैमासमा बैंकले १ अर्ब १३ करोड ८४ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ५० पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: