×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेकोले कमायो १२ करोड ८८ लाख खुद नाफा

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं –  चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेको इन्सुरेन्सले १२ करोड ८८ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ८३.९३% ले बढी हो । गत वर्ष यस अवधिमा नेकोले ७ करोड ३५ हजार रुपैयाँमात्र खुद नाफा कमाएको थियो । नेकोको चुक्ता पुँजी ३२ करोड ४० लाख ४३ हजार रुपैयाँ पुगेको छ । हालैमात्र नेकोले १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । हकप्रद पूरा बिक्री नभएपछि जेठ ५ गतेदेखि लिलामीमा सेयर बिक्री गर्ने भएको छ । इन्सुरेन्सको १००% हकप्रदपछि चुक्ता पुँजी ६४ करोड ८० लाख ८६ हजार रुपैयाँ हुनेछ । यस इन्सुरेन्सले जगेडा कोषमा १७ करोड ५३ लाख ५६ हजार रुपैयाँ जम्मा गरेको छ । गत वर्षको तुलनामा नेकोको जगेडा कोष ३४% ले बढी हो ।
गत वर्ष कम्पनीको जगेडा कोषमा १३ करोड ८ लाख ५५ हजार रुपैयाँ जम्मा भएको थियो ।  गत वर्षको तुलनामा कम्पनीको बिमा कोषको आकार पनि ५८.४३% ले बढेर २४ करोड ४५ लाख ५ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बिमा कोषमा १५ करोड ४३ लाख २६ हजार रुपैयाँ थियो । नेकोले तेस्रो त्रैमासमा १ अर्ब १ करोड ६८ लाख १५ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्ष यसै अवधिको तुलनामा ६४.१५% ले बढेको हो । गत वर्ष कम्पनीले ६१ करोड ९४ लाख १८ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको थियो । नेकोको प्रतिसेयर आम्दानी (वार्षिक) ५३ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २९१ रुपैयाँ १६ पैसा छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: