×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एमाले संघीयता र गणतन्त्र समाप्त पार्ने खेलमाः नेता कोइराला

प्यूठान  – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले लोकतान्त्र, संघीयता र गणतन्त्रलाई समाप्त पार्न एमाले कम्मर कसेर लागेको आरोप लगाएका छन् ।
कांग्रेस स्वर्गद्वारी नगर समितिले आइतबार विहान प्यूठानको भिंग्रीमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै कोइरालाले जातीय सद्भाव बिथोलेर एमालेले देशलाई विखण्डनमा लैजान खोजेको आरोप लगाए ।
उनले एमालेको भूल–भुलैयामा नलाग्न सवैलाई आग्रह पनि गरे । कोइरालाले एमाले गफ चुटेर जनता भ्रमित पार्ने पार्टी भएकाले बेलैमा पहिचान गर्न पनि आग्रह गरे । कार्यक्रममा एमाले, राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी केन्द्र र नेकपा माओवादी परित्याग गरी १७५ जना कांग्रेसमा प्रवेश गरेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: