×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रचण्डले ३ चोटी फोन गर्दा पनि बैठकमा गएनन् ओली, सिंहदरबारबाटै राजीनामा दिने तयारी

काठमाडौं – स्थानीय तहको संख्या बृद्धिको विरोध गर्दै संसद अवरुद्ध गर्ने चेतावनी दिएका केपी ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा अनुपस्थित भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले मंगलबार नै संसदलाई सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेका थिए । तर, स्थानीय तहको संख्या बृद्धिको विरोध गर्दै एमालेले अवरुद्ध गर्ने चेतावनी दिएपछि बैठक नै बस्न सकेन र प्रधानमन्त्रीले सम्बोधन गर्न नपाएका हुन् ।
संसद सुचारु गर्ने प्रयासमा प्रधानमन्त्री प्रचण्डले विहान ९ बजे बालुवाटारमा तीन दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । तर,  प्रचण्डले ओलीलाई दुई पटक फोन गरेर आउन आग्रह गरेपनि उनि नगएपछि बैठक बस्न नसकेन प्रधानमन्त्रीको कार्यालय स्रोतले जनाएको छ।
अहिले तीन दलका नेताहरु संसदमा भएपनि वैठक भने बस्न सकेको छैन । सहमतिको प्रयास असफल भए प्रधानमन्त्रीले सिंहदरबारबाटै देशबासीलाई सम्बोधन गर्दै राजीनामा दिने सम्भावना रहेको उनी निकट स्रोतले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: