×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

उमेद्वारीमा कुरा नमिलेपछि ओली र माधव नेपाल गुटका कार्यकर्ताबीच कुटाकुट

झापा – नेकपा एमालेमा माधव नेपाल र केपी ओली गुटका कार्यकर्ताबिच कुटाकुट भएको छ । झापाको अर्जुनधारा नगरपालिका वडा नंं. ७ मा एमालेबाट वडाध्यक्षका उम्मेदवार रमेश त्रिखत्रीले एमालेकै कार्यकर्ताबाट पिटाइ खाएका छन् । 
त्रिखत्रीलाई पूर्वएमाले कार्यकर्ता एवम् स्थानीय अर्जुनधारा माविका शिक्षक भोला पौडेलले कुटपिट गरेका हुन् । पौडेललाई यसअघि पार्टी हित विपरीत कार्य गरेको भन्दै एमालेले कारबाही गरेको थियो । शनिबार भोट माग्न पौडेलको घरमा पुगेका त्रिखत्रीलाई पौडेलले कुटपिट गर्नुका साथै वडा सदस्यका उम्मेदवार कमल निरौलामाथि पनि दुव्र्यवहार गरेको एमाले कार्यकर्ताले जनाएका छन् ।
यता झापमा चुनावको मुखमा एमालेभित्र केपी ओली पक्ष र माधव नेपाल पक्षको अन्तरविरोध बाहिरीरुपमै प्रकट हुन थालेको छ । हल्दीबारी गाउँपालिकाको अध्यक्षमा माधव नेपाल पक्षकी मञ्जु सिटौलालाई उम्मेदवारी दिइएपछि केपी ओली पक्षका कार्यकर्ताले बिर्तामोडस्थित आफ्नै पार्टी कार्यालयमा पुगेर जिल्ला कमिटीका पदाधिकारीको नामावली रहेको बोर्ड च्यातचुत पारेका छन् । 
आइतबार बिर्तामोडस्थित पार्टी कार्यालयमा भेला भएका ७ सय बढी पार्टी सदस्यले मञ्जु सिटौलाको उम्मदेवारीको विरोध जनाए । त्यस क्षेत्रबाट आएका ७ सय पार्टी सदस्यसहित दुई हजार कार्यकर्ताले पार्टी कार्यालय बाहिर रहेको ‘होडिङ बोर्ड’मा टालिएको उम्मेदवारको फोटोसहितको नामावलीको फेल्क्स प्रिन्टसमेत च्यातेर फालिदिए । मोहन केपी ओली पक्षका हुन् भने मञ्जु माधव नेपाल पक्षका हुन् ।
दमकमा अन्तरविरोध भइरहेका बेला बिर्तामोडमा अन्योलता देखिएको छ । केपी ओलीको गृहनगर दमकमा कसलाई उम्मदेवार बनाउने भन्ने विषयमा एमालेभित्र अन्तरविरोध चर्किएको छ ।एमालेले दमकमा रोम ओलीलाई मेयरका रुपमा अघि सारेको छ । तर, स्थानीय पार्टीले सिफारिस नगरेको व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै पार्टीभित्रैबाट विरोध आएको छ । झापाका अन्य १२ स्थानीय तहमा भने उमेद्वारको टुंगो लागेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: