×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्राइमको कमाए ८८ करोड २९ लाख खुद नाफा

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा प्राइम कमर्सियल बैंकले २४.४४% ले खुद नाफामा बढोत्तरी गरेको छ । तेस्रो त्रैमाससम्ममा बैंकले ८८ करोड  २९ लाख  ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद नाफा ७० करोड ९५ लाख १३ हजार रुपैयाँ थियो । बैंकको खुद व्याज आम्दानी १७.९३% ले बढेर १ अर्ब ३१ करोड  ५५ लाख ४६ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बैंकको खुद व्याज आम्दानी १ अर्ब ११ करोड ५४ लाख ६७ हजार रुपैयाँ थियो । यो त्रैमासमा बैंकले १३ करोड ३८ लाख  १७ हजार रुपैयाँ राइट ब्याक गरेको छ भने सम्मावित जोखिमका लागि २४ करोड ४६ लाख ७६ हजार रुपैयाँ छुट्याएको छ । प्राइमले तेस्रो त्रैमाससम्ममा निक्षेप संकलन २१.२३% ले बढाएर ५६ अर्ब १० करोड  ७६ लाख ५२ हजार रुपैयाँ पुर्याएको छ भने कर्जा लगानी पनि ३१.१३% ले बढेको छ ।
यो त्रैमाससम्ममा प्राइमको कर्जा लगानी ४८ अर्ब ६१ करोड १४ लाख ८२ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बैंकको कर्जा लगानी ३७ अर्ब ७ करोड १० लाख ६९ हजार  रुपैयाँ थियो । यस्तै प्राइमको खराब कर्जा घटेर १.३७% मा सीमित भएको छ । गत वर्ष बैंकको खराब कर्जा १.५९% थियो । बैंकको कस्ट अफ फन्ड भने थोरै बढेको छ । कस्ट अफ फन्ड ४.२३% ले बढेर यो त्रैमासमा ४.९८% पुगेको हो । तेस्रो त्रैमासको प्रतिवेदन अनुसार बैंकको चुक्ता पुँजी ५६.३३% ले बढेर ५ अर्ब ७९ करोड २५ लाख ६० हजार रुपैयाँ पुगेको छ । गत वर्षको यस अवधिमा प्राइमको चुक्ता पुँजी ३ अर्ब ७० करोड ५२ लाख ६२ हजार रुपैयाँ थियो ।
बैंकले केही दिन अघिमात्र कन्ट्री डेभलपमेन्ट बैंक र विराटलक्ष्मी विकास बैंकलाई एक्वाएर गरेर एकीकृत कारोबार पनि सुरु गरिसकेको छ । एक्विजिसनपछि प्राइमको चुक्ता पुँजी ६ अर्ब ३२ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ । प्राइमले गत वर्षको तुलनामा यो त्रैमासमा ४२.८८% ले रिजर्भ कोषको आकार बढाएको छ । बैंकको रिजर्भ कोषमा १ अर्ब ९१ करोड ४ लाख ३८ हजार रुपैयाँ जम्मा भएको छ । गत वर्ष रिजर्भ कोषमा १ अर्ब ३३ करोड ७० लाख  ३५ हजार रुपैयाँ थियो । बैंकको प्रतिसेयर आम्दानी २०.३२ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १३२.९८ रुपैयाँ छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: