×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्राइम लाइफले कमाए १० करोड ७४ लाख खुद नाफा

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं –  चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा प्राइम लाइफ इन्सुरेन्सले १० करोड ७४ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको तेस्रो त्रैमासमा भन्दा १ करोड ३० लाख २५ हजार रुपैयाँले बढी हो । गत वर्ष प्राइमले ९ करोड ४४ लाख २८ हजार रुपैयाँमात्र खुद नाफा कमाएको छ । खुद नाफा १३.७९ प्रतिशतले वृद्धि भएको हो । प्राइमको खुद बिमा शुल्क १ अर्ब २२ लाख ५ लाख ३१ हजार रुपैयाँ छ । यो खुद बिमा शुल्क गत वर्षको भन्दा १८ करोड ९३ लाख १५ हजार रुपैयाँले बढी हो । गत वर्ष प्राइमले १ अर्ब ३ करोड १२ लाख १६ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । यो त्रैमाससम्ममा कम्पनीले २१ करोड ३४ लाख १४ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने ५ करोड ६६ लाख ९२ हजार रुपैयाँ महाबिपत्ति कोषको लागि छुट्याएको छ । त्यस्तै, कम्पनीले ९१५ वटा कुल दाबी भुक्तानी गरेको छ भने कुल दाबी भुक्तानी हुन बाँकी संख्या ४५ वटा छ । 
प्राइमको चुक्ता पुँजी ४८ करोड ८१ लाख ६० हजार रुपैयाँ छ । गत वर्षको तुलनामा चुक्ता पुँजी वृद्धि भएको छैन । गत वर्ष पनि प्राइमको चुक्ता पुँजी ४८ करोड ८१ लाख ६० हजार रुपैयाँ नै थियो । कम्पनीको जगेडा कोषमा भने ७५ करोड २४ लाख ३५ हजार रुपैयाँ छ । चुक्ता पुँजी अनुपातमा जगेडा कोष भने राम्रो हो । जीवन बिमा कम्पनीले चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउन बिमा समितिले निर्देशन दिइसकेको छ । यसआधारमा प्राइमले पनि हकप्रद, बोनसलगायतका बाटो रोज्नुपर्ने देखिन्छ । कम्पनीको जीवन बिमा कोषमा ४ अर्ब ४६ करोड ४८ लाख ७५ हजार रुपैयाँ छ । जीवन बिमा कोषको आकार गत वर्षको यही त्रैमासको तुलनामा १ अर्ब १७ करोड ९८ लाख १३ हजार रुपैयाँले बढोत्तरी भएको हो । गत वर्ष तेस्रो त्रैमासमा  प्राइमको जीवन बिमा कोषमा ३ अर्ब २८ करोड ५० लाख ६२ हजार रुपैयाँ मात्र थियो । प्राइमको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ३५ पैसा र प्रतिसेयर नेटवर्थ २६५ रुपैयाँ ७५ पैसा छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: