×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्रिय वाणिज्य बैंकले खुद नाफा २८.११% ले वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ७ करोड ४९ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । यो नाफा गत वर्षको तुलनामा २८.११% ले बढी हो । गत वर्ष यस बैंकले १ अर्ब ६१ करोड ९६ लाख १७ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । यस्तै, बैंकले खुद ब्याज आम्दानीमा पनि गत वर्षको तुलनामा २५.१८% ले बढोत्तरी गर्न सफल भएको छ । बैंकले यो त्रैमासमा ४ अर्ब ६७ करोड ३ लाख ७१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष वाणिज्य बैंकले ३ अर्ब ७३ करोड ७ लाख ८१ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । निक्षेप १ खर्ब ३५ अर्ब ३६ करोड ४८ लाख ५५ हजार रुपैयाँ रहेको बैंकले १ खर्ब १ अर्ब ३६ करोड ४४ लाख ९७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । 
चुक्ता पुँजी ८ अर्ब ५८ करोड ८९ लाख ७२ हजार रुपैयाँ रहेको यस बैंकको रिजर्भ कोषमा भने २ अर्ब ९ करोड १४ लाख ८४ हजार रुपैयाँ छ । सम्भावित जोखिमका लागि ९५ करोड ४९ लाख १६ हजार रुपैयाँ छुट्याएको राष्ट्रिय वाणिज्य बैंकले ६६ करोड ४२ लाख २० हजार रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ । बैंकले खराब कर्जामा भने केही सुधार गरेको छ । यो त्रैमासमा बैंकको खराब कर्जा घटेर २.७०% मा आइपुगेको छ । गत वर्ष खराब कर्जा ३.५२% थियो । बैंकको कर्जा निक्षेप अनुपात पनि बढेर यो त्रैमासमा ७४.८८% कायम भएको छ । गत वर्ष बैंकको कर्जा निक्षेप अनुपात ६०.९६% थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: