×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सांग्रिलाको १६.०७% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकको १६.०७% बोनस सुरक्षित गर्ने बुधाबार (आज) अन्तिम दिन हो । बैंकले जेठ १९ गते बोलाएको वार्षिक साधारण सभामा १६.०७% बोनस सेयर र यसमा लाग्ने कर तिर्न ०.८५% नगद लाभांश दिने प्रस्ताव गरेको छ । यसका लागि बैंकले बिहीबारदेखि साधारण सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ । बुक क्लोज मिति भन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र बोनस सेयर पाउने हुँदा बुधबार नै सांग्रिलाको सेयर किनिसक्नुपर्नेछ । हाल कायम सेयरधनी भने स्वतः बोनसको हकदार हुनेछन् । 
साधारण सभामा सांग्रिलाले कसमस डेभलपमेन्ट बैंक र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने र दुवै बैंकसँग १ः१ आनुपातको सेयर स्वाप रसियोलाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि पेस गर्दैछ । एक्विजिसनपछि सांग्रिला डेभलपमेन्ट बैंकको नामबाट कारोबार हुने बैंकले जनाएको छ । यसैगरी, एक्विजिसनपछि कायम हुने चुक्ता पुँजीको ८०% हकप्रद सेयर जारी गर्ने अर्को विशेष प्रस्ताव साधारण सभामा लगिँदैछ । साधारण सभा आम्रपाली बैंक्वेट भाटभटेनी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सांग्रिलाको चुक्ता पुँजी चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ७ करोड ३४ लाख ५६ हजार रुपैयाँ छ । एक्विजिसन र हकप्रदपछि बैंकलाई राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन सजिलो हुनेछ । रिजर्भ कोषमा पनि ६२ करोड २० लाख २६ हजार रुपैयाँ जम्मा भएको छ । यो त्रैमासमा बैंकले २४ करोड ४९ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ४२ पैसा र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ९५ पैसा छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: