×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एक भन्दा बढी खाता भएकालाई बैंकमै बोलाउदै सिद्धार्थले तोक्यो ३५ दिने म्याद

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सिद्धार्थ बैंकले एउटामात्र खाता सञ्चालन गर्न आग्रह गर्दै १ भन्दा बढी खाता भएका आफ्ना ग्राहकहरुलाई खाता बन्द गर्न सूचना जारी गरेको छ । एकभन्दा बढी चल्ती, बचत वा कल खाता खोलेकाले अबको ३५ दिनभित्र बन्द गरी एउटामात्र कायम राख्न भनिएको हो । ३५ दिनभित्र पनि ग्राहक आफैंले यस्ता खाता बन्द नगरेमा बैंकले नै खाता रोक्का गर्ने जानकारी दिएको छ । 
त्यस्तै  ग्राहक पहिचान विवरण अद्यावधिक नगरेकाहरुले पनि ३५ दिनभित्र ग्राहक पचिहान (केवाइसी) फारम भर्नुपर्नेछ । अन्यथा, खाता रोक्का गरिने बैंकले जनाएको छ । ग्राहकले सिद्धार्थ बैंकको आफूलाई पायक पर्ने जुनसकुै शाखामा गएर केवाइसी फारम भर्न सक्नेछन् । तर खाता बन्द गर्न भने खाता खोलेकै शाखामा जानुपर्नेछ । यस्तै एउटै बैंकको एक भन्दा बढी क्रेडिट तथा डेबिट कार्ड पनि प्रयोग गर्न पाइनेछैन । तर मुद्दति खाताको हकमा भने यो नियम लागू हुनेछैन ।

हेर्नुहोस् सूचना :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: