×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जोगीलाई ५ ,चण्डीमाताले १३ देखि एक भोटमै चित्त बुझाउने मेयरका उमेद्धारसम्म

काठमाडौँ – बीस वर्ष पछाडि भएको स्थानीय तहको निर्वाचनमा काठमाडौंबाट मेयरका आकाक्षीहरु थिए जोगी देखि चण्डीमातासम्म । त्यही मैदानमा खडा भएका थिए चर्चित रेस्लर । काठमाडौबाट मेयरका आकाक्षी थिए २८ जना । त्यसमध्य अढाइ दर्जन मेयरका आकाक्षीले जमानत समेत बचाउन नसकेको समेत देखिएको छ । मेयरका यस्ता आकाक्षी पनि देखिए जस्ले एक मत भन्दा पाएनन् ।अ र्थात आफैले आफैलाई दिएको मतमा चित्त बुझाए ।
झण्डै एक दर्जन स्वतन्त्र उम्मेद्धारका रुपमा जोगी देखि चण्डी मातासम्म मैदानमा देखिएका थिए । तीनै मध्यका चर्चित रेस्लरले समेत आफ्नो उम्मेद्धारी दर्ता गराए । ती बलिष्ट रेस्ट्लरले अर्थात भरतबहादुर विसुराल उर्फ हिमालय टाइगरले पनि उम्मेदवारी दर्ता गराएका थिए । उनले जम्म १९ मतमा चित्त बुझाएका छन ।
काठमाडौं महानगरपालिका वडा नं ६ की ज्ञानुमायाँ तामाङ उर्फ ज्वालादेवी चण्डीमाता समेत मैदानमा देखिएकी थिइन उनले जम्म १३ मतमा चित्त  बुझाउने बाध्य भएकी छिन उनको प्रस्तावकमा उर्मिला मानन्धर पूर्णदेवी मानन्धरको समर्थनमा उनले उम्मेदवारी दिएकी थिईन । त्यस्तै, काठमाडौं महानगरपालिकाकै मेयरमा ६९ वर्षीय विनोदकुमार क्षेत्रीले पनि उम्मेदवारी दिएका छन् । जोगीसमेत रहेका उनले जम्म पाँच् मत पाए । २८ जना प्रतिष्पर्धीहरुलाई पछाडि पार्दै ६४९१३ मत सहित विद्यासुन्दर शाक्यले आफ्नो पल्लाभारी पारे ।
उनको प्रतिष्प्रर्धीको रुमपा राजुराज जोशीले शाक्यले भन्दा १९ हजार कम मत पाए । तेश्रो भइन विवेकशील पार्टीका रञ्जु दर्शना उनले २३७३९ मत पाइन । चुनावी मैदानमा होमिएकामध्य कोही माता,जोगी देखि चर्चित रेसलर भरत बहादुर विसुरालसम्म मैदानमा थिए । यो पटकको प्रतिष्पर्धामा यस्ता खेलाडी पनि भेटिए जस्ले एक मत भन्दा बढी पाएनन् । आफैंले हालेको एक मतमा चित्त बुझाउने मेयरका उमेद्धार हुन भगवान गिरी ।
उनले जम्मा एक मत मात्र पाएका हुन ।  त्यस्तै अर्को स्वतन्त्र उमेद्धार विनोद कुमार क्षेत्रीले ५ मत,राधा वेलवासे ६ मत,सुरेन्द्र प्रसाद ढकाल ८ मत,पुरुषोत्तम दंगाल दश मतमा चित्त बुझाउनु पर्यो ।  ज्ञानु लामा १३ मत र भरतबहादुर विसुरालले १९ मत पाए । – एस काठमाडौं
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: