×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चुनावमा कमल थापा हारेपछि ज्ञानेन्द्र हर्षले गद्गद्, के भने ?

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राजपा) पहिलो चरणको निर्वाचनमा पराजित भएकामा पूर्वराजा ज्ञनेन्द्र शाहले खुसी प्रकट गरेका छन् ।
विधानमै नेपालमा सनातन हिन्दू राज्यसहितको राजतन्त्र स्थापना गर्ने उल्लेख गरेको राप्रपा हार्दा ज्ञानेन्द्र खुसी भए भन्ने सुन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, कुरा सत्य हो । ज्ञानेन्द्रले कमल थापालाई राप्रपा हारेकामा सहानुभूति दर्शाउनुको साटो ‘खुच्चिङ’ भन्दै यो पराजयलाई ‘अवसरवाद’ को पराजय भनेका छन् ।

ज्ञानेन्द्रका निकट विश्वासपात्रले उक्त सन्देश कमल थापासमक्ष पु¥याइदिएका छन् । ‘हामी चुनावमा हार्दा ज्ञानेन्द्र खुसी भए भन्ने खबर आएको छ’, कमल थाापानिकट राप्रपाका एक नेताले काठमाण्डुटुडेसँग भने, ‘यो ज्यादै दुःखदायी र बिडम्बनापूर्ण कुरा हो ।’
उनले निकै चुनौतीपूर्ण र अप्ठेरो समयमा समेत राप्रपाले ज्ञानेन्द्रलाई साथ दिएको स्मरण गरे । ‘कुनैबेला राजाको नाम लिँदा ज्यानकै खतरा हुने समय थियो, हामीले आफ्नो निस्ठाका लागि राजसंस्था बोकेर हिंड्यौं’, उनले भने, ‘ज्ञानेन्द्रले यो कुरा बुझेनन् । केही समयअघि कमल थापाले पूर्वराजाले आफ्नो पार्टी फुटाउने षड्यन्त्र गरेको भन्दै पार्टी बैठकमै रोष प्रकट गरेका थिए ।
संविधान संशोधन प्रस्ताव संसदमा प्रस्तुत हुने दिन ज्ञानेन्द्रले आफ्ना १२ सांसदलाई एक रिसोर्टमा लगेर राखेको र उनीहरु संसदमा आउन नसक्दा विधेयक पारित हुन नसकेको उनले बताएका थिए । त्यसलगत्तै थापाले आफूलाई संसदीय दलको नेताबाट हटाउन ज्ञानेन्द्रले चलखेल गरेको आरोप लगाए । पार्टी फुटाउने डिजाइन असफल पार्न भन्दै उनी सरकारमा सहभागी भएको दुई सातामै सरकारबाट बाहिरिएका थिए ।
ज्ञानेन्द्र भने बाहिर बिकाउनका लागि मात्र राजसंस्था र हिन्दू धर्मको नारा दिने तर भित्रभित्रै गणतन्त्रवादीसँग मिलेर गणतन्त्र र संघीयता कार्यान्वयनमा सहयोग गरेको भन्दै थापासँग रुष्ट छन् । केपी ओली सरकारमै उपप्रधान तथा परराष्ट्र र स्थानीय विकासमन्त्री भएर थापाले गणतन्त्र संस्थागत गर्न भूमिका खेलेकामा रुष्ट ज्ञानेन्द्र मधेसी मोर्चाले समर्थन फिर्ता लिएपछि संकटमा परेको प्रचण्ड सरकार टिकाउन सरकारमा सामेल भएपछि थप क्रुद्ध बनेका हुन् । अझ त्यसमा पनि एमालेसमेतले राष्ट्रघाती भनेको संविधान संशोधन प्रस्ताव पारित गराउन सक्रिय भएको भन्दै ज्ञानेन्द्रले राप्रपाका १२ सांसदलाई बैठकमा जान रोकेका हुन् । – काठमाडौँ टुडे 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: