×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यसकारण ‘सुपर-फ्लप’ भयो ‘बैंकिङ एक्स्पो २०१७’

  • सुरज प्याकुरेल 
काठमाडौँ – २०७४ साल बैसाख १५ गते, बैसाख १६ गते र बैसाख १७ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना भएको बैंकिङ एक्स्पो २०१७ ‘सुपर-फ्लप’ भयो । कार्यक्रम आयोजना गर्दा ५ लाखले उक्त एक्स्पो हेर्ने लक्ष राखीएको थियो । तर लाखको त परैको कुरा एक्स्पोमा ५ हजार दर्शकपनि पुगेनन् । २००० हाराहारी दर्शकले मेला घुम्दा कार्यक्रम त असफल भयो नै, आफ्नो असफलता स्वीकार नगरेर आयोजकले जनताको आँखामा छारो हाल्ने प्रयास गर्यो । 
एक्स्पो ६५ हजारले अवलोकन गरेको र एक्स्पोमा झन्डै ३ हजार ९०० नयाँ खाता खोलिएको दावी गरियो । तर ३ हजार ९ सय त कुरै छाडौं ३९९ खाता पनि खोलिएनन् । तीन दिनसम्म निरन्तर अर्थ सरोकार डटकमको समूह उक्त एक्स्पोमा रहेर अनुसन्धान गर्दा अवलोकनकर्ताको ‘फ्लो’ निकै कम थियो । आयोजकले आफ्नो कमी कमजोरी स्वीकार नगरेपनि तथ्यचाहिं एक्स्पो ‘फ्लप’ नै भयो । र यसका कारण धेरै छन् ।

प्रचार-प्रसार पुगेन :
आयोजक एक्स्पो आयोजना गरेर पैसा कमाउनमै ध्याउन्न देखियो । प्रत्येक बैंकबाट मोटो रकम लिएको उसले प्रचार प्रसारको काम लगभग सुन्य प्राय गर्यो । विद्यार्थीहरु लक्षित वर्ग भनिएकोमा कलेजहरुमा यसबारे जानकारी गराईएन । यतिसम्मकि आर्थिक क्षेत्रमा कलम चलाउने चलेका पत्रकारहरुलाई समेत यो एक्स्पोका बारेमा थाहा थिएन । एउटा मिडियाको सहयोगमा एक्स्पो भयङ्कर सफल हुन्छ भन्ने भ्रममा पर्यो आयोजक । आफुपनि मिडियासँग जोडिएकाले ‘सबै आफ्नै त हुन् नि !’ भन्ने शैलीमा आयोजकले काम गर्यो । फ्लप भएको एक्स्पो सफल भनेर लेख्ने आँट धेरै मिडियाले गरेनन् । केहि मिडियाले आयोजककै प्रेसरमा त्यस्तो गलत सुचना प्रभाव गरेपनि मिडियाको सहयोग आयोजकलाई सून्य प्राय भयो । हुनुपर्ने कारण पनि भेटिएन ।     
जोगी पाराले कार्यक्रम गरियो 
बैंकिङ एक्स्पो भनेपछि एउटा ‘स्ट्याण्डर्ड’को कार्यक्रम हुनुपर्ने थियो । तर कार्यक्रम ‘जोगी’ पाराले आयोजना गरियो । सानो ठाउँ, अव्यवस्थित आयोजना, लगायतले कार्यक्रमको खास शोभा देखिएन । कार्यक्रममा डटेर लाग्नेहरुको संख्यानै पुगेन । कार्यक्रमको ‘प्लान’ नै कमजोर देखियो । एक्स्पो सफल बनाउन भन्दापनि बैंकबाट उठाएको रकम र नेपाल राष्ट्र बैंकबाट आएको बजेटमा सकेसम्म कम खर्च गरेर बढी नाफा कमाउने उदेश्यले कार्यक्रम अगाडी बढाइयो । त्यसकारण कार्यक्रम पूर्ण रुपमा असफल भयो । आयोजकको समूह भएर पनि अव्यावहारिक व्यक्तिलाई महत्वपूर्ण जिम्मेवारी दिइएको देखियो ।
समय नै गलत, कार्यक्रमको सम्भावनाबारे अध्ययन नै गरिएन  
गलत समयमा कार्यक्रम आयोजना गरियो । व्यवस्थापन पढेका विद्यार्थीहरुलाइ लक्षित गरेको भनेर आयोजना गरिएको कार्यक्रमबारे व्यवस्थापन पढेका विद्यार्थीहरुले पत्तो समेत पाएनन् । प्लस टु अन्तर्गत कक्षा १२ को परिक्षा चलिरहेको छ र कक्षा ११ का विद्यार्थीहरुको परिक्षा नजिकिँदो छ । माष्टर्स पढिरहेका विद्यार्थीहरुकोपनि परिक्षा चलिरहेको छ । १९ गते सकिने माष्टर्सको परिक्षापछीमात्र पनि कार्यक्रम आयोजना भएको भए कार्यक्रम केहि  अर्कै हुन सक्थ्यो । तर आयोजक अहिलेनै गरौँ, उठेको पैसा सक्काइहालौं भन्ने उदेश्यबाट प्रेरित भएको देखियो ।
आयोजकको अमानवीय व्यवहार !
एक्स्पोमा दर्शक पुगेनन् भन्ने सत्य सबैले बुझेका थिए । तर त्यो सत्य आयोजकलाई पचेन, जुन पच्नुपर्थ्यो । तर एक्स्पोमा दर्शक पुगेनन् भन्ने समाचार प्राकासित हुँदा आयोजकका तर्फबाट अमानवीय व्यवहार र गाली गलौज भयो पत्रकारमाथि । एक्स्पोमा आउने भनेको एउटा भीआइपी वर्गपनि हो । तर आयोजकको औकात देखिएपछि त्यस्तो व्यवहार हेरेका व्यक्तिहरु एक्स्पो गएनन् । हुन त आयोजक समूहमा व्यावहारिक व्यक्ति नै देखिएनन् । जथावावी बोल्ने, मनपरी बोल्ने, तल्लो स्तरको व्यवहार गर्ने र ‘घटिया’ शब्द प्रयोग गरी सामाजिक सञ्जालमा छाउने व्यक्तिहरु आयोजककै समूहमा हुँदा आयोजकका लागि यो ठुलो ‘अवशोच’ बन्यो। 
ठूला बैंकहरुलाई सहभागीनै गराइएन 
हुन त गभर्नरले भनिदिएका भरमा नै बैंकहरुमा पहुँच पुर्याएको आयोजकको ठुला बैंकहरुमा पहुँच नै थिएन। कन्भिन्सनै गरेरपनि ठूला बैंकहरुलाई कार्यक्रममा सहभागी गराउनुपर्थ्यो । तर आयोजकले गणितमा बढी ख्याल गर्यो । यति पैसा उठ्यो, यति खर्च र यति नाफामात्र भन्दा कार्यक्रम असफल भयो । देशमा नाम चलेका बैंकहरुले कार्यक्रममा सहभागीतानै जनाएनन् । विवादित सीइओहरुलाई फ्रन्टमा ल्याइयो । आयोजकको समूह सानो भयो । त्यहि भएर कार्यक्रम असफल भयो ।

अर्को पटकका लागि ठाउँ समेत राखेन आयोजकले 
पहिलोपटक कार्यक्रम आयोजना भएको थियो । असफल हुनु अस्वाभाविकपनि थिएन । जेजस्तो भएपनि ‘एउटा मिडिया हाउसले यतिसम्म त गर्यो नि’ भन्ने सेन्टिमेन्ट आउन सक्थ्यो । तर आइतबार आयोजकले निकालेको विज्ञप्तिले त्यो ठाउँपनि राखेन । ६५ हजारले मेला अवलोकन गरे भनेर झुटो प्रचार गरियो । ३ हजार ९ सयले खाता खोले भनेर हौवा पिटाइयो । जनताको आँखामा छारो हाल्ने प्रयास भएपनि त्यहाँ सहभागीले त त्यति कुरा बुझेकानै छन् कि कार्यक्रममा २००० को हाराहारी दर्शक पुर्याउन पनि हम्मे-हम्मे भएको थियो । आयोजकको यो रबैयाले आउँदा दिनहरुमापनि यस्तो कार्यकम आयोजना भए असफल हुने स्पष्ट देखिन्छ ।
यो पनि पढ्नुहोस् :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: