×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

पाँचवटा बैंकले दुुई अर्ब ६५ करोडको हकप्रद जारी गर्ने !

पाँचवटा बैंकहरुले दुुई अर्ब ६५ करोड रुपैयाँभन्दा बढी हकप्रद सेयर जारी गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले आइतबार हकप्रद सेयर निष्काशन गर्नका लागि अनुुमति दिएपछि सिद्धार्थ बैंक, माछापुुच्छ«े बैंक, अल्पाइन डेभलपमेन्ट बैंक, पूर्णिमा विकास बैंक र स्वरोजगार लघुवित्त विकास बैंकले हकप्रद सेयर निष्काशन गर्न लागेका हुुन् ।
धितोपत्र बोर्डले सिद्धार्थ बैंककलाई विद्यमान चुक्ता पुँजीको १० बराबर तीनको अनुपातमा एक अर्ब ५७ करोड ५२ लाख ५७ हजार आठ सय १३ रुपैयाँबराबरको हकप्रद निष्काशन गर्न अनुुमति दिएको छ । बोर्डका अनुसार सिद्धार्थलाई बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल रहनेगरी एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको एक करोड ५७ लाख ५२ हजार पाँच सय ७८ दशमलव १३ कित्ता हकप्रदका लागि अनुमति दिइएको हो । माछापुुच्छे« बैंकलाई पनि बोर्डले चुक्ता पुँजीको १० बराबर एक दशमलव दुुईको अनुुुपातमा ७९ करोड १८ लाख ४४ हजार रुपैयाँबराबरको ७९ लाख १८ हजार चार सय ४० कित्ता हकप्रदका लागि अनुुमति दिएको छ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।
अल्पाइन डेभलपमेन्ट बैंकले भने १८ करोड तीन लाख २४ हजार सात सय रुपैयाँको हकप्रदका लागि अनुुमति पाएको छ । बैंकले एनएमबी क्यापिटलमार्पmत चुक्ता पुँजीको तीनबराबर दुुई दशमलव आठको अनुपातमा १८ लाख तीन हजार दुुई सय ४७ कित्ता हकप्रदका लागि अनुुमति पाएको हो । बोर्डका अनुसार पूर्णिमा विकास बैंकले पनि चारबराबर एकको अनुपातमा आठ करोड ८० लाख ९६ हजार दुुई सय ८२ रुपैयाँको हकप्रद सेयर निष्काशन गर्न अनुुमति पाएको छ । बैंकले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहनेगरी आठ लाख ८० हजार नौ सय ६२ कित्ता हकप्रद सेयर जारी गर्न अनुुमति पाएको हो । यसैगरी स्वरोजगार लघुवित्त विकास बैंकलाई पनि बोर्डले तीन करोड ४९ लाख ९९ हजार तीन सय ६० रुपैयाँबराबरको हकप्रदका लागि अनुुमति दिएको छ ।  बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहनेगरी उक्त बंैकलाई चुक्ता पुँजीको दुुईबराबर एकको अनुपातमा तीन लाख ४९ हजार नौ सय ९३ दशमलव ६० कित्ता हकप्रदका लागि अनुुमति दिइएको बोर्डले जनाएको छ । – आर्थिक दैनिकबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: