×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भरतपुरमा के भइरहेको छ ?: यस्तो आयो मतदान अधिकृतको बयान

चितवन- चितवनको भरतपुर महानगरपालिकाको मतगणना जारी रहँदा काँग्रेस–माओवादी गठबन्धन र एमाले कार्यकर्ताबीच मतगणनास्थलभित्रै हानाहान भएपछि मतपत्र च्यातिएकाको सम्बन्धमा मुख्य निर्वाचन अधिकृतले प्रतिक्रिया दिएका छन् ।
पत्रकार सम्मेलन गरी मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले अनिश्चितकालसम्मका लागि मतगणना स्थगन गरेका छन् । उनले आफू पिसाब फेर्न शौचालय गएका बेला घटना भएको र फर्कंदा मतपत्र च्यातिइसकेकाले घटनामा कसको संलग्नता थियो भन्नेबारे केही बताउन नसक्ने उल्लेख गरे ।
उनले मतपत्र च्यातिएकोबारे छानबिन गर्न समिति बनाउने र समितिले गरेको रायका आधारमा थप निर्णय लिने बताए । ‘म पिसाब फेर्न गएको थिएँ । त्यति नै बेला केही अनधिकृत मानिसहरु मतगणनास्थलमा पसेर जबर्जस्ती मतपत्र च्यातेछन्’, न्यौपानेले भने ।
मतपत्र च्यातेको आरोपमा प्रहरीले एमालेका दुई र माओवादी केन्द्रका दुई कार्यकर्ता पक्राउ गरेको छ । यसैबीच एमाले मेयरका उम्मेदवार देवी ज्ञवालीले पराजित हुने पक्का भएपछि माओवादीले मतपत्र च्यातेको आरोप लगाएका छन् ।
तर, माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले भने १९ र २० नम्बर वडामा आफ्नो अध्याधिक मत आउने देखेपछि हार्ने डरले एमालेले लफडा झिकेको आरोप लगाइन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: