×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

भरतपुरबाट आयो यस्तो ‘डरलाग्दो’तथ्य ! हेर्नुहोस् विस्तृतमा

  • अर्थ सरोकार संवाददाता ।
निकै नै चासो पूर्वक हेरिएको भरतपुरको मतगणना स्थलमा मतपत्र च्यातिएको र त्यसपछि गणना स्थगित भएको घटनाबारे छानबिन गर्न गठित समितिले बुधबार प्रतिवेदन सार्बजनिक गर्दै छ ।
निर्वाचन आयोग र छानबीन समितिको प्रतिवेदन आज दिउसो सम्म सार्वजनिक गरिने तय पनि यता निर्वाचन बुथभित्रै बसेर सुक्ष्म तरिकाले नियालेका प्रतिनिधिहरुले यस्तो डरलाग्दाे तथ्य सार्वजनिक गरेका छन् ।
भरतपुर महानगरपालिकाको वडा नः २१ बाट एमालेका देवी ज्ञवालीको लिड ७८४ रहेको थियो । यो लिड महानगरको वडा नः १९ मा गणना गर्दा ३ सयदेखि ४ सय सम्म झर्ने अनुमान थियो कांग्रेस र माओवादीको । तर १९ को मतगणना गर्दा उनीहरुले सोचेजस्तो परिणाम आएन । त्यहाँ मत गणना गर्दा एमालेका देवी ज्ञवाली त्यति धेरै माइनस भएनन् । वडा नः १९ को पहिलो ६०० मा २०, दोस्रो ६०० मा ९ र तेस्रो ६०० मा २२ मत गरी कुल १८०० को गणनामा ५१ मत माइनस भए देवी ज्ञवाली ।
यो रेर्कड निर्वाचन आयोगसँग अहिले पनि सुरक्षित रहेको प्रतिनिधिहरु बताउदछन् । त्यसपछिको ६ सय गणनासम्म कुल ८० मत माइनस भएको गणकहरुले बताएका छन् । बाँकी गणना गर्न मत जम्मा ४६७ मत थियो । यो सबै गर्दा म्याक्सिमम् १२० भन्दा बढि देवीको खाताबाट मत घट्ने देखिएन । यसो हुँदा अन्तिम वडा नः २० मा जाँदा देवीको अग्रता ६६४ भन्दा बढि नै कायम हुने देखियो । जुन कांग्रेस र माओवादी केन्द्रका लागि अप्रत्यासित थियो ।कांग्रेसले माओवादीलाई वडा नः १९ बाट ५ सयदेखि ६ सयसम्म माइनस हुने आश्वासन दिएर डाढस दिएका थिए ।तर माओवादी केन्द्र आश्वस्त हुन सकिरहेको थिएन् ।
वडा नः २० मा ३३०२ मत खसेको छ । यहाँ ३ वटा बुथ थिए ,दद्रेनी, सिमलटाँडी र भिमोदय बुथ । ३ मध्ये दद्रेनी र सिमलटाँडी बुथमा एमाले अघि थियो भने भिमोदयमा कांग्रेस । ३ वटा बुथमा गरेर एमालेको कम्तीमा ११ सय मत आउथ्यो । लिड थियो ६६४ यो सबै जोड्दा १७ सय भन्दा माथि हुनथ्यो । जुन मत गठवन्धनको पराजयका लागि प्रयाप्त थियो । कांग्रेसले जुन जुन वडामा जतिजति फरकमा एमालेलाई हराइन्छ भनेको थियो त्यो अनुमान एउटा पनि वडामा मिलेको थिएन ।
वडा नः २० भन्दा धेरै मत खसेका वडा नः १५, १७, १८ र २१ मा समेत एमालेले बढिमा ३६१ भन्दा बढि मत तिरेको छैन् । जहाँ ३६ सयको हाराहारीमा मत खसेको थियो । वडा नः १७ मा २८७, १५ मा २३७ मत तिरेको छ । जहाँ कांग्रेसले ५ सयभन्दा बढि मत तिर्नुपर्ने अनुमान गरेका थिए ।
यसैले हतास मनस्थितिमा माओवादी केन्द्रले आफ्ना मानिसहरु लगाई सुनियोजीत रुपमा मतपत्र च्यात्न लगाई पुन निर्वाचन गर्नु पर्ने अडान लिएको एमाले कार्यकर्ताहरु बताउदछन् ।
सोही समय देखि त्यहाँको मतणना स्थगित छ भने मतगणास्थल सिल गरिएको छ । । अहिले माओवादी कांग्रेस पुन मतदान गर्नुेपर्नैअ डानमा छन भने एमालेले मतगणना अगाडि बढाउनुपर्ने आफ्नो अडान कायमै राखेको छ । प्रहरीले दुई माओवादी कार्यकर्तालाई मतपत्र च्यात्दै गर्दा रंगेहात पक्राउ गरेको तथ्य सार्वजनिक भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: