×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रेणुको मतान्तर ३०० मात्र हुँदा निर्वाचन अधिकृत पिसाव फेर्न गएका बेला २ सय मत च्यातियो ! स्थिति तनावग्रस्त !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ जेष्ठ २०७४, सोमबार

PRIME CA
laxmi sunrise bank

रेणुको मतान्तर ३०० मात्र हुँदा निर्वाचन अधिकृत पिसाव फेर्न गएका बेला २ सय मत च्यातियो ! स्थिति तनावग्रस्त !

भरतपुर – भरतपुर महानगरपालिकाको मतगणना अनिश्चितकालका लागि स्थगित गरिएको छ । राती पत्रकार सम्मेलन गरेर मतगणना स्थागित भएको जानकारी दिइएको हो । मध्यरातमा मतपत्र च्यातिएपछि मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएका हुन् । 
केही व्यक्तिहरु अनधिकृत रुपले जबर्जस्ती छिरेर मतपत्र च्यातेको उनको दावी छ । मतपत्र च्यातेको भन्दै दुई माओवादी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता माओवादी केन्द्रले मत अन्तर घटन थालेपछि एमालेद्वारा परिचालित मानिसहरू पसेर २ सय मतपत्र च्यातेको दावी गरेको छ । मध्यरातसम्म मतान्तर ६ सय भंदा तल भएपछि एमाले आत्तिएको केन्द्रले जनाएको छ । निर्वाचन अधिकृतलाई पिसाब लाग्नु, ऊनी बाहिर जानू र त्याहिबेला मतपत्र चयातिनु संयोग हुन नसक्ने केन्द्रले जनाएको छ ।
यता देवी ज्ञवालीको भने तर्क बेग्लै छ । एमालेबाट मेयरका उम्मेदवार देवी ज्ञवालीले भने माओवादीले मतपत्र च्यातेको। आरोप लगाएका छन । हार्ने निस्चित भएपछि माओवादीले घटना घटाएको उनले बताए ।

यो पनि पढ्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: