×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘लेखेर राख्नुस्, काठमाडौँको मेयर मै हो’ भनी अर्थ सरोकार टेलिभिजन कार्यक्रममा ठोकुवा गर्ने विद्यासुन्दर बिजयी !

अर्थ सरोकार डटकमद्वारा सञ्चालित टेलिभिजन कार्यक्रममा काठमाडौं महानगरपालिकाको मेयरमा आफु बिजयी हुने उद्घोष गरेका एमालेका विद्यासुन्दर शाक्य विजयी भएका छन् । १३ दिनसम्म चलेको मत गणना शनिबार मध्यरातमा सकिएपनि औपचारिक घोषणा आइतबार विहान मात्र भएको छ ।
मेयरमा विजयी शाक्य र उनका निकटमत प्रतिद्वन्द्वी राजुराज जोशीको मतान्तर १९ हजार छ । यस्तै भक्तपुर नगरपालिकाको मेयरमा निर्वाचित नेमकिपाका सुनिल प्रजापतिले पनि १९ हजारकै मतान्तरमा जित हात पारेका थिए ।
तर, काठमाडौंको उपमेयरमा खड्गीले भने २४ हजार बढी मतान्तरले जित हात पारेकी छन् । खड्गीले ५८ हजार ९५२ मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत पाए । उनलाई एमालेको पनि समर्थन थियो ।
उपमेयरमा निर्वाचित खड्गीले निकटमत प्रतिद्वन्द्वीलाई २४ हजार बढी मतान्तरले पराजित गरिन् । यो पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले हात पारेको सबैभन्दा ठूलो मतान्तर हो । तेस्रो स्थानमा रहेकी साझा पार्टीकी निरुपमा यादवले ११ हजार ५३३ मत पाइन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: