×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बोटलर्स नेपालको किर्ते ब्यालेन्स सिट !

काठमाडौं । एक सचेत लगानीकर्ताको लागि कम्पनीले सार्वजनिक गर्ने वित्तीय विवरण निकै महत्वपूर्ण हुन्छ ।लगानीको निर्णय लिनु अगाडि हेरिने विविध पक्षमध्ये कम्पनीले प्रस्तुत गर्ने वित्तीय विवरण प्रमुख हो । तर, त्यही विवरणमा उल्लेख विवरण नै गलत भए या त्यसमा कम्पनीले बदमासी वा चलाखी भए त्यसको प्रभाव कस्तो होला? नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत अधिकांश कम्पनीहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको आफ्नो वित्तीय अवस्था सार्वजनिक गरिसकेका छन् । 
जसमा केही संस्थाबाहेक अधिकांशले उल्लेख्य प्रगति गरेको प्रगति विवरण प्रस्तुत गरेका छन् भने उनीहरूले प्रस्तुत गरेको वित्तीय विवरणलाई आधारमान्दा लगानीकर्ताले राम्रै प्रतिफल पाउने आशा गर्न सकिन्छ । यद्यपि, बोटलर्स नेपालले भने तेस्रो त्रैमासको प्रगति विवरणमा लगानीकर्ताको आ“खामा छारो हालेर ठूलो बदमासी गरेको छ । वित्तीय विवरणमा उल्लेख्य सूचकहरूमध्येकै महत्वपूर्ण मानिने प्रतिसेयर आम्दानीमा नै बोटलर्स नेपालले बदमासी गरेको तथ्य फेला परेको छ ।
बोटलर्स नेपाल लिमिटेड (बालाजु) ले प्रस्तुत गरेको तेस्रो त्रैमासको प्रगति विवरणमा प्रतिसेयर आम्दानी २६ रुपैया १० पैसा उल्लेख छ । तर, उसको वित्तीय विवरणलाई अध्ययन गर्ने हो भने प्रति सेयर आम्दानी ८ रुपैया ७० पैसा हुन आउ“छ । उसले जबर्जस्ती प्रतिसेयर आम्दानी १७ रुपैया“ ४० पैसा बढी देखाएको छ । त्यस्तै, बोटलर्स नेपाल (तराई) लिमिटेडले प्रस्तुत गरेको तेस्रो त्रैमासको प्रगति विवरणमा प्रतिसेयर आम्दानी ५८९ रुपैया“ १७ पैसा उल्लेख छ । तर, उसको वित्तीय विवरणलाई अध्ययन गर्ने हो भने प्रतिसेयर आम्दानी (वार्षिक) १९६ रुपैया“३९ पैसा हुन् आउछ । 
उसले जबरजस्ती प्रतिसेयर आम्दानी ३९२ रुपैया“ ७८ पैसा बढी देखाएको छ । बोटलर्स नेपाललगायतका कम्पनीहरूले यसरी लगानीकर्तालाई ‘बेवकुफ’ बनाउ“दा नियमन निकाय भने मौन नै रहेको छ । पु“जीबजारको परिसूचक केही माथि उक्लि“दा प्रेस विज्ञप्ति सार्वजनिक गर्न हतार गर्ने नियमन निकायको यसप्रकारको बदमासीमा पनि ध्यान जान जरुरी छ । अन्यथा प्रगति विवरणको अर्थ के नै भयो र ? सेयर बजार साप्ताहिकमा खबर छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: