×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

BREAKING: नमोबुद्धमा माओवादी कार्यकर्ताको गोली हानी हत्या, प्रहरीमाथि आरोप, स्थिति तनावग्रस्त

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ -काभ्रेको नमोबुद्धमा २ जनाको अज्ञात समूहले माओवादी केन्द्रका एक स्थानीय कार्यकर्ताको गोली हानी हत्या गरेको खबर प्राप्त भएको छ । शनिबार राती उक्त समूहले माओवादी केन्द्रका स्थानीय कार्यकर्ता नबराज पाठकको हत्या गरेको नमोबुद्धका स्थानीयबासी अर्जुंन मोक्तानले अर्थ सरोकार डटकमलाई जानकारी दिएका छन् ।
यता माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्यमान तामाङले अर्थ सरोकार डटकमसँग कुरा गर्दै प्रहरीलेनै सुनियोजित तरिकाले हत्या गरेको आरोप लगाएका छन् । पाठकको गोली हानी हत्या गरिएको २ मिनेटमानै प्रहरीको २ वटा भ्यान आएर उनको शब धुलिखेल ल्याएर घटनालाइ गुपचुप गर्न खोजिएको आरोप लगाएका छन् ।

‘यदी प्रहरीले हत्या गरेको हैन भने गोली हानेको २ मिनेटमा प्रहरी पुग्दा हत्यारालाई किन समात्न सकेन ।’ उनले भने । प्रहरी भएको स्थानबाट घटनास्थल पुग्न कम्तिमापनि २० मिनेट लामो गाडीको बाटो रहेको भन्दै तामाङ्ले यो घटना गृहमन्त्री र कांग्रेसको योजनामा प्रहरीलेनै घटाएको आरोप लगाएका छन् ।

यता यस विषयमा जिल्ला प्रहरी कार्यालय काभ्रेले केहि जानकारी दिन चाहेन । जिल्ला प्रहरी कार्यालयले ड्युटीमा खटिएका प्रहरी नायब निरीक्षक रमेश रेग्मीको फोन नम्बर दियो । तर घटनास्थलमा भएका रेग्मीले फोन रिसिभ गरेनन् । हामी घटनाबारे थप अपडेट गर्ने प्रयास गरिरहेका छौ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: