×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आफ्नै पेशाको धज्जी उडाउंदै सिए र आरएको यस्तो हर्कत ! कन्सलटेन्सीले गराउंछन् नि:शुल्क लेखापरिक्षण !

 

पोखरा – नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को नियमको धज्जी उडाउंदै देशभर लेखापरिक्षण सम्बन्धि गैरकानुनी काम भइरहेका बेला पोखरामा खुलेआम नि: शुल्क लेखापरिक्षण गराउने भन्दै प्रचार-प्रसार गरिएको पाइएको छ । पोखरामा विभिन्न कन्सल्टेन्सीहरुले लेखापरिक्षण फर्म समेतको नाम तोकी यस्ता गैरकानुनी काम गरिरहेका छन् ।
केहि दिनयता सामाजिक संजालमा सेलेसटियल ग्लोब कन्सल्टेन्सी प्रा लि नाकम कम्पनीले आफ्नो सेवा विस्तार भएको भन्दै निशुल्क लेखापरिक्षण गराउने भन्दै विज्ञापन गरेपछि हामीले यसको फलोअप गरेका थियौं । यस विषयमा खोजी गर्दा पोखरा, लमजुंङ, गोरखा लगायतका ठाउँहरुमा कौडीको भाउमा आइक्यानको नियम मिचेर लेखापरिक्षण सम्बन्धि काम हुने गरेको खुलासा भएको छ । आर ए विष्णु प्रसाद बरालसंगको मिलेमतोमा कन्सलटेन्सी सञ्चालकले यस्तो गैरकानुनी काम गरिरहेका छन् ।
  
हेर्नुहोस् उक्त कन्सलटेन्सीले आफ्नो फेसबुकमा राखेको विज्ञापन :      
सिएकै मिलेमतोमा यस्तो गैरकानुनी काम !
अझ खास कुरा त के छ भने यसरी गैरकानुनी धन्दा गर्ने कम्पनीले एबीबी एण्ड एसोसीएट्सले आफ्नो काममा साथ दिएको समेत उल्लेख गर्दै प्रचारात्मक सामाग्री छाप्ने गरेको छ । उक्त कम्पनीले नाम नै तोकेर एबीबी एण्ड एसोसीएट्सको नाम उल्लेख गर्दै विज्ञापन गर्ने गरेको छ । आइक्यानको नियम अनुसार यो सरासर गैरकानुनी काम हो । आइक्यानको वेव साइटमा अपलोड भएको सिए फर्मको लिष्ट हेर्ने हो भने सदस्यता नम्बर ५०० भएको उक्त फर्म विशेष विवु आचार्यको फर्म हो ।
यस विषयमा हामीले उक्त विज्ञापन छाप्ने कन्सलटेन्सीमा सम्पर्क गरेका थियौं । उनले आफुलाई आइक्यानको नियम नलाग्ने बताउँदै लेखापरिक्षण शुल्कमा लाग्ने कर आफैंले तिर्ने तर लेखापरिक्षण भने सित्तैमा गरिदिने दावी गरेका छन् । आरए चाहिए विष्णु प्रसाद बराल र सिए चाहिए एबीबी एण्ड एसोसीएट्स आफुसँग भएको बताउंदै उनले अरु काम भए वा अरु  क्लाइन्ट खोजिदिए लेखापरिक्षण नि: शुल्क गराईदिने समेत दावी गरे ।
हामीले यस्तो काम गर्न पाइन्छ र ? भन्ने प्रश्न गरेपछि उनले आफुहरुलाई आइक्यानको नियम नलाग्ने समेत दावी गरे । उनले विष्णु प्रसाद बराल आफ्नै सर भएकाले तिर्नुपर्ने कर तिरेर आफुहरुले नि:शुल्क लेखापरिक्षण गराईदिने समेत दावी गरे । हामीले उनको फोन नम्बर माग्दै यस्तो काम गैरकानुनी हो भनेपछी उनले फोन काटेका थिए ।     
यता विशेष विवु आचार्यलाई हामीले पटक पटक फोन गर्दा समेत उनको फोन उठेन ।     
हेर्नुहोस् आइक्यानको नियमविपरित गरिएको विज्ञापन :

 के भन्छ आइक्यान ?
यता यस विषयमा हामीले नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को अनुगमन समितिका संयोजक समेत रहेका सिए सुरेश देवकोटालाई सम्पर्क गरेका थियौं । उनले सित्तैमा लेखापरिक्षण गर्नु गैरकानुनी भएको स्पष्ट पार्दै यस्तो काम गर्नेमाथि अनुसन्धान गरी कारवाही गरिने बताए । ‘हामीले अनुगमनका क्रममा यस्तो भेटे कारवाही गर्ने गरेका छौं । यो विषयमा मलाइ थाहा थिएन । दोषी भए जो कोहि पनि कारवाहीको भागीदार हुनुपर्छ ।’ उनले भने ।      

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: