×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

९ वटा अपार्टमेन्टका मालिक ललितपुर महानगरपालिकाको मेयर पदमा निर्वाचित !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – स्थानीय तहको निर्वाचन अन्तर्गत ललितपुर महानगरपालिकाको मेयरमा चिरीबाबु महर्जन विजयी भएका छन् । एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकारसँग तीब्र प्रतिष्पर्धा रहेपनि अन्तत: उनले जीत हात पारेका छन्। पुल्चोकको वडा नम्बर ३ मा जन्मिएका चिरिबाबु महर्जनले आइकम पब्लिक युथ क्याम्पसबाट पास गरेका हुन् भने मिनभवन क्याम्पसबाट बीकम र त्रिभुवन विश्वविद्यालयबाट एमकम गरेका छन् ।
आफ्नो पैतृक सम्पतिमा डेढ रोपनी जग्गामा बनेको दुई वटा घरमा नौ वटा अपार्टमेन्ट छन् । उनको अपार्टमेन्टको नामपनि ‘महर्जन अपार्टमेन्ट’ राखिएको छ ।३६ सालदेखि राजनीतिमा प्रवेश गरेका उनकी श्रीमती मिश्री महर्जन र तीन छोराछोरी छन् । जसमध्ये छोरा अमेरिकाको एटलान्टामा मेकानिकल इन्जिनियर छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: