×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कांग्रेसका मेयरका उम्मेदवारले ठट्यौली पाराले भने, ‘आज घामभन्दा बढी बादल लागेको छ, रुखका पातहरु हरिया देखिन्छन्’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरका उम्मेदवार कांग्रेसका राजुराज जोशीले कांग्रेसको जीत निश्चित भएको दावी गरेका छन् । मेयरका लागि दाबेदार रहेका कांग्रेस उम्मेदवार राजुराज जोशीले १९ नम्बर वडाको यट्खाबहाल केन्द्रबाट मतदान गरेका हुन् । मतदानपछी अर्थ सरोकार डटकमसँग संछिप्त कुराकानी गर्दै उनले भने, ‘कांग्रेसको जीत निश्चित छ। अव बिजयी उत्सव मनाउन धेरै समय छैन ।’
मतदानपछी मतदानस्थलमा आइपुगेका केहिसँग कुराकानी गर्दै उनले ठट्यौली पारामा आफ्नो पार्टीको जीत निश्चित भएको दावी गरे । एमाले कार्यकर्ताले आज सन् डे (आइतबार) भएको प्रति लक्षित गर्दै उनले भने, ‘आज घामभन्दा बढी बादल लागेको छ, रुखका पातहरु हरिया देखिन्छन् ।’ 
काठमाडौं महानगरपालिकामा एमाले र नेपाली कांग्रेसवीच तीव्र प्रतिस्पर्धा हुने धेरैको अनुमान छ । सर्वोत्तम डंगोल, किशोर थापा, पवित्र बजाचार्य र रञ्जु दर्शनाको मतले यी दुई दललाई प्रभावित पार्ने अनुमान गरिँदै आएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: