×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘अधिकृतिलाई पिसाव लाग्नु, अनाधिकृत मानिस भित्र छिर्नु र मतपत्र च्यातिनु’ संयोग कि नियोजित ?

भरतपुर – ‘मतगणना हुँदै थियो । निर्वाचन अधिकृत पिसाव लागेको भन्दै शौचालय लागे । त्यहि बेला अनाधिकृत व्य्वक्तिहरु भित्र छिरे र मतपत्र छिरे ? उनीहरुलाई आखिर कसले छिरायो भित्र ? के अधिकृतलाई पिसाव लाग्नु र उनीहरु भित्र छिर्नु नियोजित त थिएन ? आशंका उब्जिएको छ ।’  

एमालेका उम्मेदवार देवी ज्ञवाली भन्छन्, ‘मतपत्र च्यात्दापनि सुरुमा सुरक्षाकर्मीले केहि पनि गरेन । हेरिरह्यो । यो सबै नियोजित थियो ।’

देबी ज्ञवाली र  रेणु दहालबीच तिव्र प्रतिस्पर्धा भइरहेका बेला वाईसीएल जिल्ला अध्यक्ष मधु न्यौपानेले मतपत्र च्यातेका थिए । मतगणना अन्तिम चरणमा पुगेका बेला मतपत्र च्यातिएपछि तनाव बढेको थियो ।
न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिइसकेपछि मतगणनास्थल भित्रै रहेका दाहालको प्रतिनिधि द्रोण सिवाकोटीले पनि मतपत्र च्यातेका थिए । न्यौपाने र सिवाकोटी दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको छ ।

यो पनि पढ्नुहोस् :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: