×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

धन्न धुर्मुस-सुन्तलीले तक्मा पाएनन् ! पाएको भए त बेइज्जत नै हुने रहेछ…

  • एसपी अनुराग 
अचम्मको छ हाम्रो देश, अनि देशको सिष्टम ! राष्ट्रपति र उपराष्ट्रपतिका सन्ततिनै राज्यले दिने मान पदवीबाट सुशोभित हुन्छन् । सच्चा देशभक्तलाई त कसले गन्थ्यो र  ? पदकमै मानमर्दन खस्कने गरी मनलाग्दी गर्छ सरकार !
हुन त काम गर्नेले कहिलेपनि पदकका लागि गर्दैनन् । तरपनि राष्ट्रिय पदकको एउटा इज्जत हुनुपर्ने हो । तर त्यहि इज्जतिलो भनिएको तक्माको इज्जतपनि माटोमा मिलायो सरकारले । दशौँ गणतन्त्र दिवसका अवसरमा घोषित मान पदवी पाउँने व्यक्तिको नामावलीमा प्रधानमन्त्री पुत्र प्रकाशको नाम सुप्रवल जनसेवाश्री पदक पाउनेको सूचीमा पर्यो । उनले यो पदक नलिने घोषणा गरेपनि त्यो सुचीनै विवादमा पर्यो । 
प्रधानमन्त्री पुत्र प्रकाशले समाजसेवीका रुपमा उक्त पदक पाउने भए भन्ने सुन्दा धेरैले अचम्म माने । अझ दुखको कुरा त त्यो पदक पाउनेहरुको लिष्टमा धुर्मुस सुन्तलीको नाम छुट्यो ! धुर्मुस सुन्तलीले देशका लागि कति गरेका छन् भन्ने धेरै जनतालाई थाहा छ । 
अझ बजारमा अव त यस्तो चर्चा हुने भयो । धन्न धुर्मुस सुन्तलीले तक्मा पाएनन् । पाएको भए त बेइज्जत नै हुने रहेछ । सरकारलाई छोटो अनुरोध, पदकको सम्मान गरौँ ! किनकि त्यो पदकभित्र इज्जत हुन्छ । नेताले नदेख्ने इज्जत !
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: