×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

EXCLUSIVE: भारतबाट सिए उतीर्ण हुनेले नेपालमा अव सिएको मान्यता नपाउने, आइक्यानले आइतबार औपचारिक निर्णय गर्दै !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – भारतबाट सिए उतिर्ण हुनेले अव नेपालको सदस्यता नपाउने भएका छन् । आइक्यानले आईसीएआईलाई दिंदै आएको मान्यता खारेज गर्ने एजेन्डा सहित बस्न लागेको आइतबारको काउन्सिल बैठकले यसको औपचारिक निर्णय गर्न लागेको हो । 
आइक्यानका विभिन्न ३ काउन्सिल सदस्यहरुले  आफ्नो नाम उल्लेख नगर्ने सर्तमा अर्थ  सरोकारलाई दिएको जानकारी अनुसार आइतबार बस्ने बैठकमा आईसीएआईलाइ रोक्ने एजेन्डा लगिंदैछ भने काउन्सिल बैठकबाट यो निर्णय पास हुने समेत पक्कापक्की भइसकेको छ । 
आइक्यानको काउन्सिलमा कुनैपनि निर्णय पास हुन चाहिने बहुमतसमेत पुगीसकेको छ । केहि सिएले बाहेक सबै सिए, आरए र सरकारी प्रतिनिधि यो एजेन्डा पास गर्नका लागि राजी भइसकेको एक काउन्सिल सदस्यले अर्थ सरोकारलाई बताए ।
‘केहि सिएले नोट अफ डिसेन्ट लेख्लान्, तर कुनैपनि हालतमा यो निर्णय पास हुन्छ । यसका लागि गरिनुपर्ने सम्पूर्ण तयारी र सहमति भइसकेको छ ।’ एक काउन्सिल सदस्यले सिए सरोकारसँग भने, ‘अव भारतबाट उतिर्ण सिएहरुलाई आइक्यानले मान्यता दिंदैन ।’
उनका अनुसार यो निर्णय यसै बर्षदेखि लागु गर्ने वा केहि समय छुट दिने भन्ने विषयमा भने बैठकबाट निर्णय हुनेछ । ‘यसैबर्षदेखि लागु गर्ने कि केहि बर्ष पर्खने भन्ने मात्र कुरा हो, अव आइसीएआईबाट उतिर्ण भएका सिएले आइक्यानको सदस्यता पाउने छैनन् ।’ उनले भने ।      
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: