×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रचण्ड- देउवाज्यू ! गगन थापा र जनार्दन शर्मालाई अर्को सरकारमा पनि निरन्तरता दिने कि ! यसो गरे कसो होला ?

  • सुर्जनी पौडेल 
कोहि कोहि नेता यस्ता हुन्छन्, जसले नेतालाई हेर्ने जनताको नजर नै परिवर्तन गरिदिन्छन् । मन्त्रालयको कुर्शीमा होइन, जनताको मनमा बस्छन् । र तीनै मध्ये दुइ हुन् गगन थापा र जनार्दन शर्मा । जसले प्रचण्ड सरकारमा बसेर साच्चैको ‘चमत्कार’ गर्यो । 
मन्त्री गगन थापाको सचिबालयले सार्बजनिक गरेको विवरण अनुसार थापाले मन्त्रीका रुपमा ९ महिनामा गरेका कामको विवरण यस्तो छः
  • डायलासेस सेवा पुरै निःशुल्क भएको घोषणा गरिएको
  • मृगौला प्रत्यारोपण पुरै निःशुल्क
  • मृगौलाको प्रारम्भीक परिक्षणका लागि डिपिस्टीक किट पठाइएको,
  • बाथमुटु रोगको शल्यक्रिया निःशुल्क गरिएको
  • नेपालमै कलेजो प्रत्यारोपण सेवा सुरु भएको
  • विशिष्टलाई १५ रुपैया भन्दा बढी उपचार खर्च नदिने व्यवस्था
  • कान्ति अस्पतालमा नवजात शिशुको निःशुल्क उपचारको व्यवस्था
  • सैनिक अस्पताल सर्वसाधारणका लागि खुल्ला
  • हरेक सरकारी अस्पताल विहान ९ देखि ३ बजे सम्म अनिवार्य संचालन गर्नैपर्ने, ३ देखि ५ सम्म पेईङ सेवा
  • सवै स्वास्थ्य चौकीहरु चार बजेसम्म चलाउन निर्देशन,
  • प्राथमिक स्वास्थ्य केन्द्रहरुमा उपकरण, औषधी र चिकित्सक पुगेको अवस्था
  • झण्डै ७ सय चिकित्सक नियुक्त गरिएको,
  • ५०० स्वास्थ्य चौकीमा नसर्ने रोगको परिक्षण सुरु,
  • ७५ जिल्लामा निशुल्क भि भिआइए स्क्रिनिङ्ग
  • १०५३ स्वास्थ्य चौकीमा पिइएन प्याकेज, आउँदो आ।व। भित्र सबै स्वास्थ्य चौकीमा पुर्योउने
  • आत्मनिर्भर भएका औषधीहरु विदेशबाट ल्याउन नपाईने,
  • विदेशबाट ल्याउनै पर्ने महंगा औषधी सरकारी निकायबाटै किनेर बेच्ने,
  • ५० वढि अस्पतालमा फार्मेसीको स्थापना र संचालन,
  • सवै सरकारी अस्पतालमा बहिरंग सेवा १० देखि ५ बजे सम्म संचालन सुरु, ९२ देखि ५ विस्तारित सेवा
  • ड्ड जिल्लास्तरबाट पनि औषधी खरिदको व्यवस्था गरिएको
  • फार्मेसी संचालनका लागि केन्द्रीयमा ३० लाख, क्षेत्रीयमा २५ लाख, उपक्षेत्रीयमा २० लाख, अंचलमा १५ लाख विउ पूजी पठाइएको
  • जिल्ला अस्पतालका लागि मात्रै ३ करोड ४४ लाख रुपैया विउपुजी पठाइएको,
  • मुटु र क्यान्सरको उपचार सेवा विस्तार,
  • विना दर्ता संचालन भएका स्वास्थ्य संस्थाहरु बन्द गरियो, कानुनी दायरामा ल्याइयो
  • सरकारी स्वास्थ्यकर्मीले अवैध संस्थामा सेवा दिन नपाउने व्यवस्था गरिएको
  • विपन्न नागरिक उपचार सहायतास् कडा रोग ८ बाट १२,
  • लाईन व्यवस्थापनका लागि केन्द्रीय अस्पतालहरुमा कुपन प्रणाली लागु भएको
  • काठमाडौमा जनता स्वास्थ्य केन्द्रहरूको स्थापना, क्रमश सवै नगरपालिकाहरूमा विस्तार गर्ने
  • विरेन्द्र सैनिक अस्पताल र १० निजि अस्पताल सहित ११ ओटा स्वास्थ्य संस्थाहरुलाई निःशुल्क डायलाईसिस सेवाका लागि अनुमती दिइएको
  • मृगौला डायलासेस मेसिन किनिएको, काठमाडौं बाहिर डायलेसिस सेवा विस्तार,
  • सिकलसेल एनिमियाको परिक्षण तथा उपचार धनगढीबाट पनि सुरु भएको
  • हृदयरोग निवारण सेवा भेरीबाट सुरु हुन लागेको, जनकपुरमा सुरु गर्न अध्ययन थालिएको
  • सेनासँगको सहकार्यमा रौतहटबाट बृहत स्वास्थ्य शिविरको सुरुवात
  • मेडिकल कलेजहरुसँगको सहकार्यमा जिल्ला अस्पतालमा आकस्मीक शल्यक्रिया सहितको विषेशज्ञ सेवा सुरु
  • नेपालगञ्जमा सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खोल्ने निर्णय
  • ९ ख को विवादको अन्त्य, पुल दरबन्दी सृजना
  • ५० शैया भन्दा बढी शैया भएका अस्पतालमा सामाजिक सेवा ईकाई गठन गर्ने व्यवस्था
  • पत्रकारलाई उपचारमा ५० प्रतिशत छुट दिने व्यवस्था
  • सुर्तिजन्य पदार्थ जथाभावि बेच्न रोग, छुट्टै लाईसेन्स लिनु पर्ने व्यवस्था
  • हरेक महिनाको पहिलो शनिबार अस्पतालको सरसफाई
  • विद्यालयमा सामुदायिक नर्सको अवधारणा
  • खोप निर्देशिका लागू
  • एम्बुलेन्स निर्देशिका लागू
  • प्रयोगशाला निर्देशिका लागू
  • मदिरा नियन्त्रण तथा नियमन नीति लागू
  • मानव अंग प्रत्यारोपण नियमावली २०७३ लागू
  • नियुक्ति तथा मनोनय संवन्धी मापदण्ड लागू
  • स्वास्थ्य संस्था स्थापना तथा संचालन निर्देशिका लागू
  • चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सेवा सुविधा संवन्धी कार्यविधि लागू
  • बैदेशिक तालिम र भ्रमण संवन्धी मापदण्ड लागू
  • मदिरा ऐन लागू
  • आयुर्बेद नीति लागू
  • मेडिकल काउन्सील ऐन लागू
  • आचार संहिता लागू
  • गुणस्तर सुनिश्चितता संवन्धी ऐन लागू
  • मानसिक स्वास्थ्य निति लागू
जनार्दन शर्माको काम त एकै शब्दमा काफी छ :
  • लोडसेडीङ हटाएको  (ऐतिहासिक काम)
यी दुइ मन्त्रीले जति सकेको गरे । अझै गर्न बाँकी हुँदा हुँदैपनि नयाँ सरकार आउंदैछ । त्यसैले यी दुइ मन्त्रीलाई दोहोर्याए कसो होला प्रचण्ड र देउवाज्यू !  
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: