×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

टुबोर्ग र किङफिसरका फोहोरी बोतलमा राखेर बेचिन्छ ‘आइसबर्ग’ बीयर !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपालमा पछिल्लो समय धेरैले पिउने बीयर हो आइसबर्ग बीयर ! बीयरका पारखीहरुले पछिल्लो समय निकै पिउने बीयर हो यो । तर आइसबर्ग बीयर तपाईंलेपनि पिउने गर्नुभएको छ भने एकपटक सोच्नुपर्ने बेला भएको छ । किनकि टुबोर्ग, किङ फिसरलगायतका बीयरका फोहोरी बोतलहरुमा आइसबर्ग बीयर बेचिने गरेको खुलासा भएको छ । एकातर्फ अरु कम्पनीको बीयरका बोतलहरुमा आइसबर्गले आफ्नो नाम टाँसी बेच्ने गैरकानुनी काम गरिरहेको छ भने अर्कोतर्फ ती कम्पनीका प्रयोग भएका बोतलहरुलाई राम्रोसँग नपखाली आफ्नो ब्राण्डको बीयर राखेर बेच्ने गरेकाले आइसबर्ग ब्राण्डका फोहोरी बीयरहरु बजारमा रहेको खुलासा भएको छ । यसरी गैरकानुनी रुपमा बीयर बेच्दै आएको आइसबर्गको कालोधन्दाको प्रमाण अर्थ सरोकार डटकमले फेला पारेको छ । 

यस्तो छ आइसबर्गको ठगी गर्ने तरिका 

अर्थ सरोकार डटकमले फेला पारेको प्रमाणअनुसार आइसबर्ग नामक बीयरले टुबोर्ग र किंगफिसरका बोतलहरुमा ती कम्पनीहरुको नाम आइसबर्ग बीयरको कभरले छोपेर बीयर बेच्ने गरेको पाइएको छ । यसरी बेचिने बीयर विशेषगरी काभ्रे, नुवाकोट, काठमाडौँ, लगायतका थुप्रै स्थानहरुमा विक्री वितरण गरिने गरेको स्रोतको दावी छ । आइसबर्गमै काम गर्ने एक कर्मचारीले अर्थ सरोकार डटकमलाई दिएको जानकारी अनुसार आइसबर्ग बीयर प्याकिङ गर्दा यी बोतलहरु राम्रोसँग पखालीने गरेकोसम्म छैन । 
‘कतै-कतै बीयरका बोतलहरुमा लेदो तथा अन्य अखाद्य पदार्थ देखिन्छ । त्यो भनेको सरासर बीयरको बोतल राम्रोसँग नापखालेको हो । अझ कतिपय अवस्थामा त अरु बीयरको बोतललाइ त एकपटक सामान्य पानीले पखाल्ने र त्यसमा बीयर भरेर विक्री वितरण गर्ने गरिएको छ ।’ उनले भने । उनका अनुसार नशाको सुरमा कतिपयले बीयरभित्र पिसाव फेर्ने, खकार राख्ने जस्ता कामहरु गरेका हुन्छन् । त्योसमेत राम्रोसँग पखालिने गरिंदैन ।’ 
अझ बीयरका पारखीहरुका लागि सुन्दैपनि घीन लाग्ने तथ्य उनले खुलासा गरेका छन् । ‘टुबोर्ग, किंगफिसर लगायतका बीयरका बोतलहरुमा नशाको शुरमा कतिपयले बीर्य समेत हालिदिएका हुन्छन् । थुप्रैपटक यस्ता बोतलहरु कारखानामा आउंछन् । नशाको शुरमा हस्तमैथुन गरेर बीयरका बोतलहरुमा बीर्य राख्ने र त्यसलाई पठाईदिने समेत गरिएको पाइएको छ । कतिपय अवस्थामा यस्ता बोतलहरुलाई समेत राम्रोसँग नपखाली आफ्नो ब्रान्डको बीयर राखेर बजारमा पठाउने गरिएको छ ।’ उनले भने ।       

कानुन व्यवसायी भन्छन्, ‘यो सरासर गैरकानुनी काम हो’
यता कानुन: त पनि यस्तो काम गर्नु गैरकानुनी भएको कानुन व्यवसायीको तर्क छ । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै कानुन व्यवसायी, सुमन कुमार डंगोल भन्छन्, ‘मदिरा बेचविखन सम्बन्धी आफ्नै नियम छ । यसरी एउटाको बोतलमा अर्को ब्राण्डको बियर राखेर बेच्नु सरासर गैरकानुनी हो । उजुरी गरेको खण्डमा यस्ता कम्पनीहरुलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ । उनका अनुसार यसरी अरु ब्राण्डको बोतलमा राखेर आफ्नो ब्राण्डको बीयर राख्नु जनतामाथिको धोका पनि हो । ‘यो त सरासर जनतामाथिको धोका हो । यस्ता गैरकानुनी काम गर्नेहरुलाई परास्त गर्नु सरकारको दायित्वपनि हो । ‘ उनले भने ।   
सम्पर्कमा आउन चाहेन कम्पनी 
यस विषयमा हामीले आइसबर्ग बीयर उत्पादक कम्पनी हिमालयन ब्लुरीको फोन नम्बर ५५५२७९४ मा सम्पर्क गरेका थियौं । तर हामीले लगातार ३ पटक फोन गर्दा पनि उक्त फोन उठेन ।  
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: