×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रक्रिया नै गलत भएपछि नयाँ जीबन बीमा कम्पनीको लाइसेन्स दिने प्रस्ताव मन्त्रिपरिषदद्धारा फिर्ता !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नयाँ जीवन बीमा कम्पनीले लाइन्सेस पाउने चर्चा चलिरहेका बेला उक्त प्रस्ताव मन्त्रिपरिषद पुगेर फेल भएको छ । मन्त्रिपरिषदले नयाँ जीवनबीमा कम्पनीहरुलाई लाइसेन्स दिन अस्वीकार गरेको हो । अर्थमन्त्रालयले शुक्रबार पेश गरेको प्रस्ताव शुक्रबारकै मन्त्रिपरिषदले अस्वीकार गरेपछी नयाँ लाइसेन्स लिने सपना र बीमा कम्पनी खुलेपछि संस्थाको सीइओ हुने थुप्रैको सपनामाथि कुठाराघात भएको छ ।
प्रक्रिया गलत भएपछि प्रस्ताव फिर्ता !
नयाँ जीवनबीमा कम्पनीहरुलाई लाइसेन्स दिने प्रस्ताव गलत प्रक्रियाबाट मन्त्रालयमा पुगेकाले फिर्ता भएको खुलासा भएको छ । ‘बीमा ऐन २०४९ मा जीबन बीमा कम्पनीको लाइसेन्स अर्थमन्त्रालयले दिने ब्यवस्था हुँदाहुँदै फाइल यहाँ किन आयो भन्ने कुरा उठ्यो । किन गरियो वा के कारणले यस्तो गरियो भन्ने कुरा गर्नेलाई नै थाहा होला । तर प्रक्रिया नै गलत भएको भन्ने चर्चा चल्यो क्याबिनेटमा। त्यहि भएर फाइल फिर्ता भयो।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै एक मन्त्रीले भने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: