×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कैलाश बिकास बैंकका नयाँ सीइओको ‘ब्ल्याक-ब्याकग्राउण्ड’, नबिल बैंकदेखि एनसीसीसम्म घोटालै- घोटाला

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – मंगलबारदेखि कैलाश विकाश बैंकको कमान सम्हालेका निकै धमिलो छविका अमृतचरण श्रेष्ठले तत्कालीन एनसीसी बैंकको सीइओ हुँदा लाखौँ रुपैयाँ घोटाला गरेको आरोपमा नेपाल राष्ट्र बैंकमा उजुरी परेको थियो । तत्कालीन समयमा उनलाई नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा कारवाहीको प्रक्रियासमेत अगाडी बढेको थियो । कमिसनको लोभमा खराव कर्जामा लगानी गरेको भन्दै उनको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमै विरोध भएको थियो । एनसीसी बैंकमा हुँदा विभिन्न काण्डमा परेका उनको ३० बर्षीय बैंकिङ करियरमा थुप्रै काला दागहरु छन् ।
नबिलदेखि एनसीसीसम्म घोटालै- घोटाला !
कैलाशका नयाँ सीइओ पहिला एनसीसी बैंकका सीइओ थिए । त्यसभन्दा अघि उनी नबिल बैंकका कार्यवाहक सीइओ थिए । नबिलमा कार्यवहाक सीइओ हुँदा उनले एक दाल उद्योगलाई ८ करोड रुपैयाँ ऋण दिएका थिए । तर नबिल बैंकमा नयाँ सीइओ नियुक्त भएको र आफुलाई उक्त कुरा चित्त नबुझेको बहानामा उनले उक्त पदबाट राजीनामा दिए । बदनियत ढंगले कर्जा प्रवाह गरेका उनलाई जसरीपनि ८ करोड ऋण दिंदाको कमिसन पचाउनुथियो र उनले बैंक छाडे ।
त्यसपछि उनी एनसीसी बैंक गए । तर उनी एनसीसीमा गएपनि उनी नबिल बैंकमा हुँदा उक्त दाल उद्योगलाई दिएको कर्जा विवादमा तानियो । नबिल बैंकले नै श्रेष्ठलाई शंकाको घेरामा राख्दै राष्ट्र बैंक गुहारेपछी श्रेष्ठ फेरि फन्दामा परे । राष्ट्र बैंकको कारवाहीबाट जोगिन उनले उक्त कर्जा एनसीसी बैंकमा सारे। तत्कालका लागि उनी कारवाहीबाट त बचे तर एनसीसी बैंकमा पनि त्यहि कर्जा बिष बन्यो । 
एनसीसी बैंकको सञ्चालक समितिले सीइओलाई ४ करोड रुपैयाँसम्म कर्जा दिन पाउने र बाँकीका लागि सञ्चालक समितिबाट निर्णय गराउनुपर्ने अधिकार तोकिएको भएपनि उक्त निर्णयको बर्खिलाप गर्दै श्रेष्ठले तत्कालीन अध्यक्ष पृथ्वीराज लिगलको सहमति लिएर सो उद्योगलाई ८ करोड रुपैयाँ कर्जा दिन सफल भए । एनसीसी बैंकका सञ्चालकहरुबीच चरम विवादको फाइदा उठाएर उनले आफ्नो स्वार्थ्य पूरा गरे । 
यो प्रकरण एनसीसीभित्र निकै विवादित बनेपाही कर्जा सञ्चालक समितिबाट उक्त कर्जा अनुमोदन भएन । त्यसपछि श्रेष्ठका खराव दिन सुरु भए । उनी विरुद्ध राष्ट्र बैंकमा उजुरी पर्‍यो भने उक्त काण्डबारे राष्ट्र बैंकले छानविन थाल्यो । छानविन प्रक्रियामा उनले व्यक्तिगत फाइदाका लागि उक्त ऋण दिएको देखियो । कर्जा असुल्न मौका दिएपनि त्यसमा श्रेष्ठ सफल भएनन् र उनीविरुद्ध कारवाहीको प्रक्रिया अगाडी बढ्यो ।

यो पढ्नुहोस् :
एनसीसी बैंकमा घोटाला गरेका अमृतचरण श्रेष्ठले सम्हाले कैलाश बिकास बैंकको कमान ! सेयरहोल्डर र निक्षेपकर्ता त्राहिमाम् ! 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: